३० बैशाख २०८१, आईतवार

नेकपाका महासचिव विप्लवद्वारा बझाङका भुकम्प पीडितलाई राहत वितरण गरिदै

0

बाँके: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लागेका छन् ।
उनी आज नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लागेका हुन् ।
उनले गत साता बझाङमा गएको भुकम्पले पीडित भएका घरपरिवारहरुलाई असोज २८ गते (पर्सी) राहत वितरण गर्ने कार्यक्रम छ । नेकपा महाकाली व्यूरोको आयोजनामा राहत वितरण गर्न लागिएको नेकपाले जनाएको छ ।


भुकम्प पीडितसँगै नेकपाका महासचिव विप्लवले इजरायलमा हमासको कार्वाहीमा परी ज्यान गुमाएका बझाङका एक जना विद्यार्थीको घरमा समेत भेटघाट गरी सान्तत्वना दिने कार्यक्रम रहेको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।
यस्तै बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रमपछि नेकपा महासचिव विप्लव समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको असोज २९ गतेको सन्देशसभालाई समेत सम्वोधन गर्ने कार्यक्रम छ । महासचिव विप्लव सुदूरपूर्वको महत्वपूर्ण भेटघाट तथा यात्रा लगत्तै सुदूर पश्चिमतिरको भेटघाट तथा यात्रामा लाग्नु भएको हो । उनको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।