२१ पुष २०८१, आईतवार

नेकपा पश्चिम चितवनकाे शुभकामना आदानप्रदान तथा नेपाली विशेषताकाे समाजवाद विषयक अन्तरक्रिया सम्पन्न

0

चितवन – नेपाल कम्युनिस्ट पार्टी पश्चिम् चितवन जिल्ला समितिको आयोजनामा यमोसा, दशै, तिहार, छठ,नेपाल सम्वत् ११४४ को शुभकामना आदानप्रदान तथा नेपाली विशेषताकाे समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । शनिबार माडी बसन्तपुरमास्थित माडी क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हाे ।

जिल्ला इन्चार्ज दिनेश सीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ता नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा केन्द्रीय उत्पादन विभागका माडी शाखा इन्चार्ज सन्देश सीले पेश गरेको कार्यपत्रमा वक्ताहरूले टिप्पणी र सुझाव राखेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ॠषि काफ्ले, प्रतिरोध जनाधिकार आन्दोलनका संयोजक प्रमोद धिताल, रेडियो माडिका अध्यक्ष ओमनाथ पाण्डे, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, शैक्षिक व्यक्तित्वहरु, सुरक्षाकर्मी आदिले टिप्पणी र शुभकामना व्यक्त गरेको थिए ।

उठेका टिप्पणीमाथि कार्यपत्र प्रस्तुतकर्ताले थप प्रष्ट पारेका थिए ।
सन्देशले नजिक आइरहेको विभिन्न चाडपर्व र वर्तमान राजनीतिक संकट र यसको निकास, पार्टीले अगाडि सारेको सी संस्कृति, राष्ट्रघाती mcc परियोजना, उत्पादनको विषयमा विभिन्न पार्टीहरुको धारणमाथि विस्तृत छलफलसहित भएको शुभकामना आदनप्रदान कार्यक्रममा विज्ञान र मानवजातिको हितमा रहेको सस्कार र संस्कृतिको रक्षा र मानव जातिको हितमा नरहेको चाडपर्वलाई बिस्तारै छोड्दै नयाँ सस्कृतिको निर्माण गर्नुपर्ने बताए ।

उनले अहिले देश भूमण्डलीकृत पुँजीवाद, साम्राज्यवादी हस्तक्षेप र र उदार अर्थतन्त्रको चङ्गुलमा फस्दै गएको, त्यसको कारण राजनीतिक हिसाबले देशभक्त कम्युनिस्ट, समाजवादीहरु सत्ताको किनारामा र पुजीवादी र विदेशी आडभरोसमा नियतवश आएका शक्तिहरु सत्ताको केन्द्र तिर पुगिरहेकाे जिकिर गरे । उनले आर्थिक हिसाबले उद्योगी, राष्ट्रिय पुजिपति, नयाँ श्रमिक वर्गहरुको जीवन धारासायी बन्दै गएको भन्दै दलाल, सत्ता र शक्तिलाई परिचालन गरि नाफा कुम्ल्याउने मुठ्ठिभर लुटेराहरुसँग मात्र अर्थतन्त्रको चाबी पुगेको बताए । संसदवादी पार्टीहरु यो समस्याको हल गर्ने तिर भन्दापनि शक्ति केन्द्रसँग लम्पसार परेर आत्मसमर्पण गरिरहेकोसमेत उनकाे आराेप थियाे ।

सरकारी तथा गैरसरकारी क्षेत्रमा भएको भ्रष्टाचार, वैदेशिक ठगी , वित्तीय संस्था र बैकहरुको चर्को ब्याजदर र लुट, मिटरव्याजी, लघुवित्त सस्था र खराब नियतवश संचालन गरिएका ठुला स्तरका सहकारीहरुको ठगी, महंगी, बेरोजगारी, कालोबजारी, सामाजिक असुरक्षा, कु-शासन जस्ता तमाम समस्याका कारण उद्योगी, व्यवसायी, इमानदार कर्मचारी र जनताको जीवन चिन्ताजनक र संकटग्रस्त बन्दै गएको अवस्थामा यो संकटको समाधान दलाल पुजीवादी सत्ता, संसदवादी पार्टी र यिनका नेताहरुबाट संभव नभएका नयाँ विकल्प खाेज्नुपर्ने बताए । यो सबै संकटको समाधान एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद बाट मात्र सम्भव छ भएकाे भन्दै कुरा एकीकृत जनक्रान्तिमा लामबद्ध हुन् सबैलाई अपिल गरे ।

स्थानीय नेता कार्यकर्ताहरुको उपस्तिथिमा भएकाे कार्यक्रममा सबै सस्थाको प्रतिनिधिहरुले यो व्यवस्थाले जनताको सेवा नगरेको र राष्ट्रिय संकटको बेलामा सबै स्थानीय राजनीतिक पार्टीहरु एक ठाउँमा आउनुपर्ने भन्दै नेकपाले आयोजना गरेको कार्यक्रम यसको सुरुवात भएको बताए ।

कार्यक्रमको सभापति, कार्यपत्र प्रस्तोतकर्ता, टिप्पणीकर्ता, सबै मन्चमा नबसी सबै एकै ठाउँमा बसेर सम्पन्न भएकाे थियाे । कार्यक्रमको संचालन जिल्ला सेक्रेटरी अटल सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।