१९ पुष २०८१, शुक्रबार

विप्लवद्वारा इजरायलमा ज्यान गुमाएका बझाङका गणेश नेपालीका आफन्तहरुसङ्ग भेटघाट

0

 

बझाङ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले हालै इजरायलमा ज्यान गुमाएका बझाङका एक युवा गणेश नेपालीका परिवार र आफन्तहरुलाई भेटघाट गरि दु:ख साटासाट तथा पार्टीको तर्फबाट केही आर्थिक सहयोग पनि गरेका छन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ भोजपुरमा रहेको नेपालीका बुवा धनलाल नेपाली लगायत आफन्तहरुलाई महासचिव विप्लवले आइतबार भेटघाट  गरेका हुन् ।

महासचिव विप्लवले आजै बझाङ जिल्ला सदरमुकाम चैनपुरमा जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मको आन्दोलनमा बलिदान गर्ने सहिदका परिवारलाई सम्मान गर्दै आफुहरु सहिदका अधुरा सपनाहरु पूरा गर्ने निरन्तर लागिपर्ने र नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरेर त्यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

त्यस्तै भ्रमण तथा भेटघाटका क्रममा महासचिव विप्लवले स्थानीय जनता, पार्टी कार्यकर्ता, शिक्षक, विद्यार्थीलाई समेत भेटघाट गरेका छन् भने बझाङका स्थानीयहरुले महासचिव विप्लवलाई भव्य  स्वागत गरेका थिए  ।

बझाङ भ्रमणमा रहेका महासचिव विप्लवले असोज १६ गते भुकम्पका कारण पीडित/प्रभावितहरुलाई आवश्यक राहत वितरण गर्ने र उनीहरुसङ्ग सहानुभूति र दु:ख साटासाट गर्ने कार्यक्रम रहेको विप्लवको सचिवालयका अडिग सीले जानकारी दिएका छन् भने महासचिव विप्लवको बझाङ भ्रमणमा नेकपा नेताहरू भगत सी, समर सी, सुवास सी लगायत स्थानीय नेताकार्यकर्ताहरुको समेत सहभागिता रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।