१० पुष २०८१, बुधबार

विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति हो : प्रधानमन्त्री प्रचण्ड

0

कैलाली: नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवको एकीकृत जनक्रान्ति सबैको क्रान्ति भएको बताएका छन् ।
सोमबार धनगढीमा आयोजित समाजदी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
विप्लव जीले नयाँ गरिरहनु भएको छ, हामी एउटै
मोर्चाबाट आएकाले एकीकृत जनक्रान्ति हामी सबैको हो प्रधानमन्त्री प्रचण्डले भने ।
समाजवादी मोर्चाको गठनले तरङग फैलाएको बताउदै प्रधानमन्त्री प्रचण्डले विश्वभरका नेपालीहरुमा मोर्चाप्रति विश्वास जागेको बताए ।
समाजवादी मोर्चाको बहस सुरु भएको बताउदै उनले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धिहरुको रक्षा गर्दै समाजवादी मोर्चाको कार्यभार पूरा गर्नु पर्ने बताए ।
उनले नेकपा एमालेका अध्यक्ष केपी ओली लोकतान्त्रिक नभएको बताउदै एमाले कम्युनिष्ट नभएको बताए ।
देशलाई नयाँ भुमरीमा हाल्ने षड्यन्त्र भइरहेको खुलासा गर्दै उनले सबैले सचेत हुन जरुरी भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले चार पार्टीको एकतालाई दरो बनाउदै समाजवादको यात्रा तय गर्नु पर्ने बताए ।
उनले सरकार सदन र सडकबाट आन्दोलन गर्न आवश्यक भएको उल्लेख गर्दै समाजवादी मोर्चाको सन्देश सभा टेलर मात्र भएको बताए ।
यो टेलर मात्र हो पिक्चर अझै बाँकी छ प्रधानमन्त्री प्रचण्डले भने “समिक्षा गरेर अघि बढ्न जरुरी छ । समाजवादी आन्दोलनलाई अगाडि बढाउन कम्युनिष्टहरुको एउटै पार्टी आवश्यक छ ।”
प्रधानमन्त्री प्रचण्डले इजरायलमा फसेका नेपाली विद्यार्थीहरुको अन्य देश भन्दा पहिले नेपाल सरकारले उद्धार गरेको बताए ।
उनले चाडै शवहरुलाई पनि नेपाल ल्याईने तयारी भइरहेको जानकारी गराए । परिवर्तन उल्टाउन चाहने शक्तिलाई परास्त गर्न मोर्चाको भूमिका रहने बताउदै सरकारले भ्रष्टाचार विरुद्ध अभियान चलाएर सुशासनको पक्षमा काम गरेको प्रधानमन्त्री दाहालले बताए ।
उनले ललिता निवास, भुटानी शरणार्थी र सुन प्रकरणमा मुछिएका दोषी कारवाहीको भागीदार भएको बताए ।
उनले अरु फायलहरू पनि छिट्टै खुल्ने जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।