९ पुष २०८१, मंगलवार

मोर्चा बनाउँदा केही पार्टीको सातो गएको छ : माधव नेपाल

0

कैलाली: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चा बनाउँदा केही पार्टीको सातो गएको बताएका छन् ।
धनगढीमा सोमबार भएको समाजवादी मोर्चाको सन्देश सभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले चार दल एक ठाउँमा आएर समाजवादी मोर्चा तयार गर्दा देशमा तरङग सृजना भएकाले र अन्य पार्टीको सातो गएको बताए ।
वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने उद्देश्यले समाजवादी मोर्चा गठन गरिएको बताउदै उनले यसअघि अन्य ६ वटा प्रदेशमा सन्देश सभा गरि सकेको जानकारी गराए ।
अध्यक्ष नेपालले पहिलो चरणमा सन्देश सभा सम्पन्न भएपनि यसपछि जिल्लास्तरसम्म अभियान सुरु गर्ने जानकारी गराए ।
देशमा रोजगारी नभएर विदेश जानेहरूको संख्या बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै नेपालले सरकार यस विषयमा गम्भीर बन्नु पर्ने बताए ।
उनले युवाहरू विदेशमा भौँतारिरहेको बताउदै गाउँ घरमा बुढापाकाहरू मात्रै भएको बताए । देशमा रोजगारीको अवस्था सिर्जना नभएको बताउदै उनले गठबन्धनको सरकार पाँच वर्षसम्म चल्ने दाबी गरे ।
उनले समाजवादी मोर्चा गठनमा काङ्ग्रेस रुष्ट नभएर खुशी भएको बताए । देशको स्वाधीनताको रक्षा गर्नु आजको आवश्यकता भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।