३ जेष्ठ २०८१, बिहीबार

सरकार, सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्छ : यादव

0

कैलाली: जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार,सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने बताएका छन् । समाजवादी मोर्चाको धनगढीमा आयोजित प्रदेश स्तरिय सन्देशसभालाई सोमवार सम्वोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले समाजवादमा नपुग्दै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको टिप्पणी गरे ।
विभिन्न कारणले अहिलेको उपलब्धि गुम्ने खतरामा पुगेको र नेपालमा जातीय द्वन्द्व फैलाउने विभिन्न षड्यन्त्र भएको बताउदै सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको बताए ।
सरकार, सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नु पर्ने यादवले बताए ।
प्रदेश सरकार जिम्मेवारीविहीन जस्तो भएको बताउदै यादवले परिवर्तनबाट आएका उपलब्धिहरुलाई संस्थागत गर्न र जनतालाई परिवर्तनको अनुभूति गराउन समाजवादी मोर्चा गठन गरिएको बताए ।
उनले रेशम चौधरीलाई रिहा गर्दापनि थारु नागरिकहरूको समस्या हल नभएको बताउदै सुकुम्वासीहरूका समस्या,कमैयाका समस्या हल नभएको बताए । किसानका समस्या हल भएका छैनन्,गरिबी र बेरोजगारी बढ्दो अवस्थामा छ, व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ । समाजवादी मोर्चा त्यसैका लागी स्थापना गरिएको हो यादवले भने ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।