८ पुष २०८१, सोमबार

नेकपाका महासचिव विप्लवद्वारा बर्दिया र कैलालीमा धानखेतीको अवलोकन

0

बर्दिया: नेपाल कम्युनष्टि पार्टीका महासचिव विप्लव सीले बर्दिया र कैलालीमा नेकपाले लगाएको धानखेतीको मंगलबार अवलोकन गरेका छन् ।
नेकपा बर्दियाले जिल्लाको जुरैना र नेकपा सेति व्यूरोले कैलालीको घोडाघोडी स्थित रसिपुरमा लगाएको धानखेतीको अवलोकन गरेका हुन् ।
बर्दियाको बाँसगढी नगरपालिकाको बडा नम्वर ८ जुरैनामा जिल्ला पार्टीको तर्फबाट डेढ विगाह जग्गामा धानखेति गरिएको छ । सो धानखेतिलाई महासचिव विप्लवले अवलोकन गरेका हुन् ।


जिल्ला इन्चार्ज हिमशिखरका अनुसार महासचिव विप्लवले आज दिउसो साढे ३ बजेतिर धानखेतिको अवलोकन गरेका हुन् ।
धानखेतिको अवलोकन गर्नु अघि नेकपा बर्दियाले जिल्लाको ककौरामा महासचिव विप्लवलाई भब्य स्वागत समेत गरेको छ ।


महासचिव विप्लवले जिल्लाको राजापुरमा पार्टी केन्द्रको उत्पादन टिमले लगाएको १२ विगाह जमिनको धानखेतिको पनि केही दिन अघि अवलोकन गरेका थिए ।
यस्तै महासचिव विप्लव सीले आज विहान कैलालीको घोडाघोडीस्थित जनकम्युनको अवलोकन गरेका छन । महासचिव विप्लव सीले कैलालीको घोडाघोडी स्थित रसिपुर ९ मा रहेको जनकम्युनको अवलोकन गरेका हुन् ।


सो अवसरमा महासचिव विप्लव सीले नेपाल कम्युनिस्ट पार्टी सेती ब्यूरोले लगाएको ४ बिघा धान खेतीको अवलोकन पनि गरेका थिए ।
जनकम्युन अवलोकन गर्न पुगेका महासचिव विप्लव सीलाई स्थानीय सी युवा क्लवले स्वागत गरेका थिए ।


सी युवा क्लवका अध्यक्ष अशान्त चौधरी लगायतका युवाले महासचिव विप्लव सी लाई भब्य स्वागत गरेका हुन । महासचिव विप्लव केही दिन अघि देखि पश्चिम नेपालको यात्रामा छन् ।
उनी असोज २८ गते बझाङका भुकम्प पीडितलाई राहत हस्तान्तरण गर्न बझाङ पुगेका थिए ।
त्यसलगत्तै महासचिव विप्लवले असोज २९ गते समाजवादी मोर्चाको धनगढीको सन्देश सभालाई सम्वोधन गरेका थिए ।
कैलालीबाट केन्द्रीय कार्यालय कपिलवस्तु फर्किने क्रममा महासचिव विप्लवले नेकपाले कैलाली र बर्दिया जिल्लामा लगायएको धानखेतिको अवलोकन गरेका हुन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।