८ पुष २०८१, सोमबार

नेकपाका नेताहरुद्वारा केन्द्रीय कारागारका राजबन्दीहरुलाई भेटघाट

0

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य शुशिल सी सहितका नेताहरुले केन्द्रीय कारागर सुन्धारामा रहेका राजनैतिक आस्थाका बन्दीहरुलाई भेटघाट गरेका छन् ्।

विहिबार पार्टी स्थायी समिति सदस्य शुशिल सी को नेतृत्वमा केन्द्रीय नेताहरुले केन्द्रीय कारागार सुन्धारा, भद्र गृह जेल र महिला कारागारमा रहेका आस्थाका बन्दीहरुलाई भेटघाट गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमतिमा राजनीति आस्थाका बन्दीहरुलाई यथाशिघ्र रिहाई गर्ने सहमति भए पनि नेपाल सरकारबाट अझै सहमति कार्यान्वन भएको छैन् ।

केन्द्रीय कारागार भित्र रहेका आस्थाका बन्दीहरु आईसा लिम्बू, अनुषा रावत, रिता कार्की, मोहमत आदम कवाडी, शिव धिमाल लगायतलाई नेकपाका नेताहरुले भेटघाट गरेका हुन । भेटघाटका क्रममा आस्थाका बन्दीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन ।

नेताहरुले तीन बुँदे सहमति कार्यान्वयनको लागि वाहिरबाट पार्टीले सक्दो पहल गरिरहेको र छिट्टै सहमति कार्यान्वयन हुने र खुल्ला आकासमा भेटहुने विश्वास दिलाएका छन ।

आस्थाका बन्दीहरुले आफूहरु देश र जनताको मुक्तिका लागि जेल परेको र सरकारले तीन बुँदे सहमति कार्यान्वयनमा ढिला गरेर आफु माथि अन्याय गरेको बताएका थिए ।

भेटघाटमा नेकपा स्थायी समिति सदस्य शुशिलसंगै नेकपाका केन्द्रीय सदस्य तथा कानुन तथा मानव अधिकार विभाग इन्चार्ज चिरञ्जीवी सी, नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं १ नम्वर जिल्ला इन्चार्ज भृकुटी सी, काठमाडौं ३ नम्वर जिल्ला इन्चार्ज तथा केन्द्रीय प्रतिनिधि समिति सदस्य डि आर सी, काठमाडौं २ नम्वर जिल्ला इन्चार्ज ज्ञानु सी, केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जेल विभाग इन्चार्ज गोपाल सी, काठमाडौं ५ नम्वर जिल्ला इन्चार्ज इच्छुक सी ,कल्पना सी लगायतका नेताहरु गएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।