३१ बैशाख २०८१, सोमबार

तुलसीपुरमा एमालेका जिल्ला कमिटी सदस्य वलीसहित १९ जना नेकपा प्रवेश

0

 तुलसीपुर । दाङको तुलसीपुरमा नेकपा एमालेका जिल्ला कमिटी सदस्य हिरालाल वलीसहित विभिन्न पार्टी परित्याग गरी १९ जना नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

शनिबार तुलसीपुर –१५ मलवारमा नेकपा पश्चिम दाङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा ध्रुवीकरण कार्यक्रममा वलीसहित १९ जना नेताकार्यकर्ताले नेकपामा प्रवेश गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले दाङ जिल्ला कमिटीका सदस्य हिरालाल वली, एमाले कार्यकर्ता पार्वती केसी, सहकारीकर्मी कृष्ण योगी, माओवादी केन्द्रका मनोज चौधरी, सुरेश चौधरीका साथै अन्य किसानहरु दिपेन्द्र प्रसाद गुप्ता, शक्ति चौधरी, प्रकाश चौधरी, हेमराज चौधरी, बाबुराम चौधरी, सुरेश चौधरी, उमेश चौधरी, निरज चौधरी, सहकारीकर्मी सीता बस्नेत , होटल व्यवसायी कमला लामिछाने, कृषक देवनारायण चौधरी, जित बहादुर चौधरी, नाम नारायण चौधरी, व्यवसायी शोभाराम गौतम लगायत रहेका छन ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।