काठमाडौं । आइतबार बिहान गएको भूकम्पले धादिङमा २० परिवारको घरगोठमा क्षति पुगेको छ । भूकम्पले ७५ घर चर्किएका छन ।
आइतबार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपासलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै गोरखा, मकवानपुर, चितवनसम्म महसुस भएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले क्षतिको विवरण संकलन भइरहेको छ र मानवीय क्षति नभएको बताएका छन ।
प्रतिक्रिया दिनुहोस्