२ जेष्ठ २०८१, बुधबार

नेकपाको केन्द्रीय उत्पादन टिमले बर्दियामा ३०० क्विइन्टल धान भित्र्यायो

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय उत्पादन टिमले जिल्लाको राजापुरमा लगाएको धानखेतीबाट करिब ३०० क्विइन्टल बढी धान भित्र्याएको छ ।

नेकपाको केन्द्रीय उत्पादन टिमले गत असारमा करिब १० विगाह जम्गामा धान रोपेको थियो । नेकपाले २ विगाह जग्गामा तरिकारी खेती गरेको थियो । नेकपाका केन्द्रीय उत्पादन टिमका राजापुर प्रमुख नेकपाका पिविएम आधार सीको नेतृत्वमा कृषि उत्पादनको लागि दशरथचन्द माविको १२ विगाह जग्गा लिज्मा लिएको थियो ।

१२ विगाह लिज्मा लिएको जग्गा मध्य १० विगाहमा धानखेती गरेको र २ विगाहमा तरकारी खेती गरेको उत्पादन टिमले जनाएको छ ।

नेकपाले पार्टी तथा नेता,कार्यकर्ता आमनिर्भरको नीति अनुसार धान उत्पादन गरेको पिविएम आधारले जानकारी दिएका छन । धान केही दिन अघि काटेर भित्र्याएपनि बोरामा प्याकिङ्ग गर्ने र गणना गर्ने कार्य नसकिएकाले आईतवार मात्र सबैकाम सकिएको नेकपा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।