१६ बैशाख २०८१, आईतवार

‘जनपत्रिका मासिक’ असोज अङ्क प्रकाशित

0

 

काठमाडौं । विचार प्रधान राष्ट्रिय मासिक ‘जनपत्रिका मासिक’ असोज अङ्क प्रकाशित भएको छ ।

दाङका कलाकार खगेश्वर भण्डारीद्धारा बनाईएको र सामाजिक सञ्जालमा लोकप्रिय भएको अमेरिकी साम्राज्यबादको चर्तिकला प्रकट गर्ने तस्विरलाई मुख्यपृष्ठ बनाईएको छ ।

भित्री पृष्ठमा कम्युनिष्ट नेता रामवृक्ष यादवको जीवनी क. अनिल र भेषराज सीको उत्पादन सङ्घर्ष र वर्गसङ्घर्षको द्धन्द्धात्मक सम्वन्धमा आधारित लेख रहेका छन ।

त्यसैगरी विज्ञान र प्रविधि उत्पादक शक्ति होइन र यो त पहिले देखि नै थियो भन्ने पुरानो लेख प्रकाशित गरिएको छ । यो लेख आहुतिको आजको धारणा प्रतिकूल छ ।

पाल्पाको कम्युनिष्ट आन्दोलनका विषयमा नेता धिरज र नवलपरासी,रुपन्देही,पाल्पा र म्याग्दीमा भएका गोष्ठिमा व्यक्त बक्ताका धारणा समावेश गरिएको छ ।

रुपन्देही संकरनगरको सहिद स्मारकको समाचार विश्लेषणले ओझेलमा परेको एउटा धूमिल यथार्थप्रति ध्यानाकर्षण गराउने छ ।
नारीवादी लेखक अलेक्जाण्ड्र कोलोन्ताईको चर्चित लेख समावेश गरिएको छ ।

त्यसैगरी बैद्य समूहका युवा नेता तथा लेखक नारायण शर्माको लेख लगायतका सामग्रीहरु छन । असोज अङ्कमा विरजङ्ग स्मृति खेलकुदको सचित्र समाचार प्रकाशित भएको र यो अङ्क पठनिय र सङग्रहणीय हुने सम्पादक जानकी चौधरी र प्रधान सम्पादक प्रकाश डुम्रेले बताएका छन ।
कार्तिक अङ्क साहित्य विशेष रहने भएकाले सृजना पठाएर सहयोग गर्न अनुरोध समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।