१६ बैशाख २०८१, आईतवार

जनपत्रिकाद्धारा पत्रकार तथा लेखक लम्जेलको निधनप्रति गहिरो दुख व्यक्त गदै श्रद्धाञ्जली

0

काठकाडौं । धरानका पत्रकार तथा लेखक गमबहादुर लम्जेलको गयराती उपचारका क्रममा निधन भएको खबरप्रति दुख व्यक्त गर्दै जनपत्रिका डट्कम अनलाईनले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

जनपत्रिका डट्कम अनलाईनका निर्देशक अनिल विरही सीले मंगलवार लेखित रुपमा श्रद्धाञ्जली दिदै जनपत्रिका अनलाईन परिवार पत्रकार तथा लेखक लम्जेल (सङघर्षशील)को निधनले दुखि बनाएको बताएका हुन ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका जनपत्रिकाका निर्देशक अनिल सीले धरानबाट प्रकाशित हुदै आएको प्रबोध साप्ताहिक,गुफाथुम्की गर्जन मासिक र प्रबोध अनलाईनका सम्पादक तथा दर्जनौ पुस्तकका लेखक लम्जेल सङघर्षशील व्यक्ति भएको उल्लेख गरेका छन ।

लम्जेलको गयराती उपचारका क्रममा विपि कोईराला मेमोरियल अस्पताल धरानमा असामयिक निधन भएको थियो । निर्देशक अनिलले मृतक पत्रकार तथा लेखक लम्जेलप्रति सम्मान तथा श्रद्धाञ्जली दिदै उनको जीवनसंगीनी तथा प्रधानसम्पादक जमुनादेवी श्रेष्ठप्रति गहिरो समवेदना तथा सहानुभूति प्रकट गरेका छन ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।