३१ बैशाख २०८१, सोमबार

नेकपाका महासचिव,प्रवक्ता देखि स्थायी समितिका नेताहरुको एउटै भनाई ‘दशैं सामन्ती व्यवस्थाको सत्ता टिकाउने संस्कृति हो,यो श्रमजीवीको होइन’

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी देखि स्थायी समितिका सबै नेताहरुले दशैं सामन्ती व्यवस्थाको सत्ता टिकाउने संस्कृति भएको र यो श्रमजीवी वर्गको हितमा नभएको प्रतिक्रिया दिएका छन ।
दशैंको समयमा गरिने कामहरुकाबारे जनपत्रिका डट्कमले लिएको संक्षिप्त प्रतिक्रियामा नेताहरुले दशैं सामन्ती व्यवस्थाको उपज भएकाले यो श्रमजीवी वर्गको हितमा नभएको प्रतिक्रिया दिएका हुन ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विल्लव सीले दशैं सामन्ती व्यवस्थाको धार्मिक शोषणबाट सत्ता टिकाउन बनाएको संस्कृति भएको ठोकुवा गर्दै नयाँ संस्कृति विकास गरी ‘सी संस्कृति’ बनाउनु पर्ने बताए । उनले दशैंको समयमा आफुले श्रम,अध्ययन,मनोरञ्जन र भेटघाटमा समय खर्चिरहेको पनि बताए ।

नेकपाका प्रवक्ता प्रकाण्ड सीले सामन्तहरुले हिजोका शाषकहरुले आफ्नो विभेदकारी र शोषणकारी सत्ता टिकाउन बनाएको संस्कृति दशैं तिहार भएको टिप्पणी गरे । उनले दशैंको समयमा पनि राजनैतिक भेटघाट र नेता कार्यकर्ता संगको भेटघाट हुने बताए ।

उनले भने ‘हाम्रो लागि दशैं ठुलो होइन,देश संकटमा छ,क्रान्तिकारी अग्रगामी निकास दिन समाजवादी मोर्चा र पार्टीका नेता कार्यकर्तासंग भेटघाट हुनेछ ।’

नेकपाा स्थायी समिति सदस्य सन्तोस सी (विषम)ले यो हिजोका शाषकहरुले आफ्नो वर्ग स्वार्थका लागि बनाएको संस्कृति भएको बताए । उनले राज्यले पनि यसलाई धेरै विदा दिएर प्राथमिकता दिएको भन्दै राज्यको चरित्र पनि गलत भएको बताए ।

नेकपाका अर्का स्थायी समिति सदस्य अनिल विरही सीले परम्परागत सत्ताको आदतको दास हुन नहुने बताए । उनले धार्मिक परम्परामा आधारित दशैं तिहार आफु नमान्ने पनि बताए । उनले दशैं तिहारको समयमा दर्शन (प्रकृति विज्ञान र समाज विज्ञान)को अध्ययन गरेर समय विताउने पनि जानकारी दिए ।

अर्का नेकपाका स्थायी समिति सदस्य उमा सी (शिलु)ले सामन्ती संस्कारलाई दशैको रुपमा विकास गरिएको भन्दै श्रमजीवीको सत्ता ल्याएर ‘सी संस्कृति’को विकास गर्नुपर्ने बताईन । उनले दशैंको समयमा पारिपारिक भेटघाटसंगै,नेता कार्यकर्ता,सहिद परिवारसंगको भेटघाट र घुमफिरमा समय वित्ने बताईन ।

नेकपाका अर्का स्थायी समिति सदस्य भरत सीले परम्परागत संस्कृति भएको र भौतिवादसंग सम्वन्धि नभएको बताए । उनले दशैंको समयमा भेटघाटसंगै भान्जाको मृत्यु भएकाले शोकभेटघाटमा दिदिघर हुने बताए ।

नेकपाका अर्का स्थायी समिति सदस्य शुशिल सीले पुरानो संस्कृति र संस्कारको विकल्प दिनुपर्ने बताए । उनले ‘सी संस्कृति’ अनुसार परम्परागत चाडलाई रुपान्तरण गर्नुपर्ने बताए । दशैंमा राजनैतिक भेटघाट पनि हुने जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।