८ पुष २०८१, सोमबार

टीका फिक्का लाग्छ

0

भो ! अहिलेलाई फुलमाला नल्याउ
फुलमालाको मन्द मुस्कान र सौन्दर्य
च्यात्तिएको छ मेरो देशमा
जब त्यो ५० केजी हुँदै १०० केजी माथि चढेपछि
त्यसल,े
विस्फोटक आवाजसहित अट्टहास गरिरहेछ !
भो ! अब त जमरा पनि,
नबाँचा नमराको हालतमा झुन्डिएको देश
फुत्किने र फुत्काउने कसरी ?
सोच्दै नसोची जमरामा व्यक्त खुशीको के अर्थ ?
साँच्चै भनौं भने,
टीका पनि फिका लाग्छ आजभोलि मलाई
जब सम्झिन्छु
दशै– तिहार ताका दुर्घटनामा परेका– मरेका आफन्तलाई
इजरायलबाट बाकसमा आएका शव र उनका आफन्तलाई
गाजापट्टी,बेस्ट बैंक र युक्रेनमा भएको बमबर्षा र चित्कारलाई
हाम्रो एयरपोर्टमा दैनिक भित्रीने लास र बाहिरिने ज्यूदा मान्छेलाई
जन्मदै वैदेशिक ऋृणको भारीले थिचिएका प्रत्येक नेपालीहरुलाई
अनि सम्झिन्छु, आफ्नै हातको मोबाइललाई
दैनिक मोबाइल मार्फत हुने भेटघाट जिवन्त लाग्छ !
जिवन्त भेटघाट अर्कै– अर्कै लाग्छ !
त्यसैले,
टीका पनि फिक्का–फिक्का लाग्छ !
खासमा फुलमाला,जमरा र टीकाको निरपेक्ष बिरोध त होईन
तर, गमेर सोच्छु कतै
अस्तव्यस्त समाज, छटपटिरहेका जनता र दुखिरहेको देशले
उल्टै गिज्याईरहेको पो छ कि ! फुलमाला,जमरा र टीकालाई
त्यसैले,
टीका एकदमै औपचारिक र फिक्का– फिक्का लाग्छ !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।