५ जेष्ठ २०८१, शनिबार

नेकपाका महासचिव विप्लव सीले दशैंमा टिका होइन,लसुन लगाए

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आज विजया दशमीको टिकाको दिनमा टिका नलगाई लसुन लगाएका छन ।

नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुमा महासचिव विप्लवले पार्टीको उत्पादनको नीतिलाई कार्यान्वय गर्दै केन्द्रीय कार्यालय टिमसंगै खेतमा लसुन लगाएका हुन । महासचिव विप्लव सहितको केन्द्रीय कार्यालय टिमले करिब एक कट्ठा बढी जग्गामा लसुन लगाएका हो ।

उनले दशैं सामन्तवादी व्यवस्थाको श्रमजीवी जनता माथिको शोषणको संस्कृतिमा टिका लगाउनुको कुनै अर्थ नहुने भन्दै बरु नयाँ सी संस्कृतिको विकास गर्नुपर्ने बताए । उनले जनताले आफ्नो राष्ट्रिय स्वाधीनता र मुक्तिको लागि बेला –बेला गरेका क्रान्ति र बलिदानहरुलाई चाडपर्वको रुपमा स्थापित गर्नुपर्ने विचार राखे ।

टिकाको दिनमा प्रायःसबै पार्टीका उच्च तहका राजनीतिक दलका नेताहरु टिका जमरा लगाउनमा व्यस्त भएको बेला महासचिव विप्लवले भने त्यसलाई महत्व दिएनन् । महासचिव विप्लव हलो (हाते ट्याक्टर)संगै खेतमा खेत जोत्दै रमाउदै लसुन लगाउनमा व्यक्त भए ।

उनले नेपालमा चलन चल्तीमा रहेका सबै संस्कृतिहरुलाई बदल्नु पर्ने विचार राख्ने गरेका छन । महासचिव विप्लवले केही दिन अघिनै दशैंको समयमा आफूले श्रम गर्ने,अध्ययन गर्ने र मनोरञ्जनका लागि प्रगतिशील फिल्म र नाटकहरु हेर्ने र भेटघाट गर्ने बताएका थिए ।

यस्तै महासचिव विप्लवले आज नेता,कार्यकर्ता तथा आफन्तहरुसंगको भेटघाट पनि गरेको नेकपाको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।