८ पुष २०८१, सोमबार

नेकपा काठमाडौं उपत्यका ब्यूरोद्वारा चितवनमा लगाइएको धान भित्र्याउने कार्य सुरु

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं उपत्यका ब्यूरो र जनसांस्कृतिक महासंघद्वारा रोपिएको धान संयुक्त रूपमा भित्र्याउने कार्य सुरु भएको छ ।

नेकपा काठमाडौं उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले चितवनको माडी नगरपालिका खैरेनीमा ३ विगाह जमिनमा लगाएको धान सुक्रवारबाट भित्र्याउने कार्य सुरु गरेको हो ।

माडी नगरपालिकाको खैरेनीमा नेकपाको केन््रद्रीय उत्पादन विभागले ८ विगाहा जमिनमा धान रोेपेको छ ।

केन्द्रीय उत्पादन विभागले लिएको ११ विगाह जमिन मध्य ३ विगाह जमिनमा उपत्यका व्यूरो र जनसांस्कृतिक महासंघले धान रोपेको थियो ।
नेकपाको उत्पयका व्यूरोले ३५ कठ्ठा र जनसांस्कृतिक महासंघले २५ कठ्ठा गरी ६० कट्ठा क्षेत्रफलको जमिनमा धान रोपेको हो ।

नेकपा उपत्यका व्यूरोले धान काटेर भित्र्याउने कार्य सकिएको खेतमा खुर्सानी र गोलभेडा रोप्ने काम पनि सुरु भईसकेको जनाएको छ ।

नेकपाले आत्मनिर्भर पार्टी,आत्मनिर्भर नेता र कार्यकर्ताको नीति अनुसार देशभर उत्पादनको कार्य गरिरहेको छ । जसअनुसार केन्द्रीय उत्पादन विभाग,व्यूरो र जिल्ला तहमा विभिन्न उत्पादन टिम बनाएर धान उत्पादनको कार्य गरिरहेको छ ।

माडीको धान भित्र्याउने कार्यमा नेकपा काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज कृति सी, नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जनसांस्कृतिक महासङ्घका महासचिव कुशल सी, युवा संगठन नेपाल उपत्यका ब्यूरो इन्चार्ज अनिल सी, काठमाडौं ३ नं जिल्ला इन्चार्ज दिपा सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेके थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।