२१ बैशाख २०८१, शुक्रबार

युद्ध रोक्ने राष्ट्रसघंको पारित प्रस्ताव इजरायलद्धारा अस्वीकार

0

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले इजरायल–हमास बीचको युद्ध रोकिनु पर्ने प्रस्ताव पारित गरेपनि इजरायले भने अस्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा विश्वका १२० राष्ट्रले युद्ध रोकिनु पर्ने र शान्तिपूर्ण समाधान खोजिनु पर्ने प्रस्तावमा मतदान गरेको भएपनि इजरायल लगायतका १४ राष्ट्रले प्रस्तावको विपक्षमा मतदान गरेका हुन । भारतसहित ४५ देशले मतदान गरेनन् ।

महासभाले शत्रुताको अन्त्य गर्न तत्काल दिगो मानवीय युद्धविरामको आह्वान गरेको छ । इजरायल र हमासबीच जारी युद्ध २२ औं दिन सम्म पुग्दा अत्यधिक मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको छ ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने चेतावनी दिएका छन । इजरायको यो कदमले उ अमेरिकाको उक्साहटमा भूमिको अधिकारका लागि लडेका हमास माथि युद्धअपराध गरिरहने संकेत देखिन्छ ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ । स्थलगत परिचालन पनि बढाइएको छ । आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ । करिब २३ लाख मानिस संचारबाट सम्पर्कविच्छेद भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।