८ पुष २०८१, सोमबार

एमसीसी नेपालका लागि अभिसाप होः पूर्वमन्त्री खगेन्द्रजङ्ग गुरुङ

0

काठमाडौ । पूर्वमन्त्री तथा राजा महेन्द्रका विश्वास पात्र खगेन्द्रजङ्ग गुरुङले एमसीसी नेपालका लागि अभिसाप भएको बताएका छन ।

जनपत्रिका मासिक तथा अनलाईका निर्देशक अनिल विरही सीसंग जनपत्रिकाका लागि अन्तरवार्ता दिदै पूर्वमन्त्री गुरुङले एमसीसी नेपालका लागि अभिसाप भएको बताएका हुन ।

उनले नेपालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काङग्रेससंग मिलेर एमसीसी पारित गराउने काममा लाग्नु राष्ट्रघात भएको ठोकुवा गरे ।

डाक्टर के.आई.सिंह मन्त्रीमण्डका स्वास्थ्य मन्त्री र तुल्सी गिरी मन्त्री मण्डलका भौतिक योजना आपूर्ति तथा बनमन्त्री समेत भएका गुरुङले नेपालका लागि एमसीसी कुनै पनि कोणमा लाभदायिक नभएको बताए ।

अहिलेका संसदवादी नेता भन्दा राजा महेन्द्र धेरै राष्ट्रवादी नेता भएको विश्वास गर्ने पूर्वमन्त्री गुरुङले नेकपाले थालेको एमसीसी विरुद्धको आन्दोलन नरोक्न आग्रह गरे ।


उनले नेकपाको आन्दोलन सहि भएको भन्दै जारी राख्न सुझाव समेत दिए । पञ्यातकालमा मन्त्री भएका गुरुङले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओलाई समेत भेटेका थिए ।

उनले आफ्नो अन्तरवार्ताका क्रममा माओ जनताको लागि सरल व्यक्ति पाएको समेत खुलासा गरेका छन ।

जनयुद्धकालमा तत्कालिन नेकपा (माओवादी)लाई जनयुद्धले लिएको लक्ष्य र उद्देश्य सफल होस भनेर युद्धकालमा पहिलो पटक पार्टीलाई २ वटा राईफल दिएर पूर्वमन्त्री गुरुङले सहयोग पनि गरेका थिए ।

तीनै पूर्वमन्त्री गुरुङसंगको पुरा अन्तरवार्ता केही केही दिन भित्र जनपत्रिका डट्कममा आउने छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।