८ पुष २०८१, सोमबार

नेकपाका महासचिव विप्लवद्वारा सहिदका बुवा वीरबहादुरको निधनप्रति श्रद्धाञ्जली

0

 

कपिलवस्तु । जनयुद्धको क्रममा सहिद भएका कुशलका बुवा वीरबहादुर बिश्वकर्माको असामयिक रुपमा भएको निधनप्रति नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले दुख व्यक्त गर्दै पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन ।

कपिलवस्तुको शिवगढी वडा नम्बर ९ बिजगौरी निवासी वीर बहादुरको निवासमा पुगि महासचिव विप्लवले घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्र्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सो क्रममा महासचिव विप्लवले परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेका छन ।  आज बिहान निधन भएका वीरबहादुर नेपाल कम्युनिस्ट पार्टीका सदस्य समेत हुन ।

उनको सी जातिको मृत्यु संस्कार अनुसार सम्पूर्ण प्रक्रिया पुरा गरी आजै दाससंस्कार गरिने परिवारिक श्रोतले जानकारी दिएको छ ।

६७ बर्षिय वीर बहादुरका तीन भाइ छोरा मध्ये कुशलको जनयुद्धको क्रममा सहादत्त भैसकेको थियो । हाल दुई छोराहरु कमल र प्रेम, बुहारीहरु लालकुमारी र दिलमाया, नातिहरु प्रवेश, अनमोल र एलिशा तथा भदै शुष्मा र ज्वाई मनबहादुर सी रहेका छन । वीरवहादुर बिगत लामो समय देखि सुगर, प्रेसर र जण्डिसको समस्याले पीडित थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।