३ जेष्ठ २०८१, बिहीबार

अरुण तेस्रो प्रभावित संयुक्त संघर्ष समितिद्धारा नेकपाका प्रवक्तालाई ज्ञापनपत्र बुझाईयो

0

काठमाडौ। अरुण तेस्रो जल विद्युत आयोजना प्रभावित संयुक्त संघर्ष समितिले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई मुआब्जाका लागि पहल गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा आइतबार संयुक्त संघर्ष समितिको तर्फबाट अरुण तेस्रो प्रभावित स्थानीय संघर्ष समितिका अध्यक्ष हर्कसिंह राई र सुरेन्द्र राई नेतृत्वमा गएका पीडितहरुले प्रवक्ता प्रकाण्डलाई ज्ञापनपत्र बुझाएका हुन ।

अरुण तेस्रो आयोजनाका पीडितहरु आफुले पाउनुपर्ने मुआब्जा निर्धारण गरिए पनि मुआब्जा निकासा गर्न सरोकारवाला निकाय र सरकारले आलटाल गरेको भन्दै गत भदौ १६ गतेदेखि निरन्तर शान्तिपूर्ण आन्दोलनमा छन् ।

२०८० साल बैशाख २६ गते प्रभावित क्षेत्रमा प्रति रोपनी ११ लाख ७५ हजार मुआब्जा निर्धारण गरिएको थियो ।
सरकारले निर्धारण गरेको मुआब्जाको प्रतिबद्धता अनुसार अरुण तेस्रो प्रवेश मार्ग प्रभावितहरुलाई ५३ करोड रुपैया निकासा गर्न वाकी छ ।
ठुलो आयोजनामा पनि यति सानो रकम समयमा भुक्तानी गर्न आलटाल गर्नुले सरकार र भारतीय कम्पनी सतलजको हेपाहा प्रवृति उदाङ्गो भएको पीडितहरुले ज्ञापनपत्रमा उल्लेख गरेका छन ।

अरुण तेस्रोको प्रवेश मार्गबाट ४०० घरधुरी प्रभावित भएका छन । अरुण तेस्रोमा मुआब्जाको मात्र कुरा नभएर त्यहा अरुपनि थुप्रै समस्या भएकोले खारेजीमा लाग्न नेकपाले भन्दै आएको छ ।

प्रभावित क्षेत्रको ५३ करोड बराबरको मुआब्जा रकम सरकारले एकमुष्ट निकासा गरेर हामीलाई चित्त बुझाउनु पर्छ नत्र यो आयोजना खारेज गर्नुको विकल्प छैन स्थानीय संघर्ष समितिका अध्यक्ष राइले भनेका छन ।

पीडितहरुको मागहरु सुनेपछि नेकपाका प्रवक्ता प्रकाण्डले आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै मुआब्जा भन्दा पनि आयोजना खारेजीको आन्दोलनमा लाग्न आग्रह गरेका छन ।

ज्ञापनपत्र बुझाउने क्रममा नेकपाका प्रवक्ता प्रकाण्डसंगै नेकपाका पोलिट ब्यूरो सदस्य चिरन सी लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।