२२ बैशाख २०८१, शनिबार

युवा संगठन नेपालद्धारा विद्यार्थीहरुलाई टिकापुरमा खेलकुद सामग्री हस्तान्तरण

0

कैलाली । युवा संगठन नेपालले कैलालीको टिकापुरमा त्यहाँका विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । सोमबार युवा संगठन नेपालका पाँचौं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा नेकपाका केन्द्रीय सदस्य दिनेश सीले एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन ।

उनले नगर भित्रका विभिन्न क्लवहरुलाई नवदुर्गा आधारभूत विद्यालयका प्राधानाध्यापक राम प्रसाद भट्टराई मार्फत छात्रालाई भलिवल र एकता नगर युवा क्लवलाई फुटवल वितरण गरेका छन ।

नेता दिनेशले एक नम्बर वार्ड अन्तरगत नयाँ बस्तिका खेलाडीहरुलाई फुटवल र वीरेन्द्र सी युवा क्लवलाई भलिबल हस्तान्तरण गरेका छन ।
हस्तान्तरण कार्यक्रममा नेता दिनेश सीले लागू औसध नियन्त्रण गर्न र युवाहरुले जीवन स्वस्थ राख्न खेलकुद अपरिहार्य रहेको बताए ।

उनले दलाल सत्ताले युवाहरुलाई बस्तु निर्यात गरे जस्तै विदेश निर्यात गरेको र देशमा युवा र उनीहरुको क्षमता विहिन बनाएको आरोप लगाए ।
नेता दिनेशले अबको एकीकृत जनक्रान्तिमा खेलाडीहरुको पनि सहभागिता अनिवार्य भएको बताए ।

कार्यक्रममा टीकापुर नगरकमिटी इन्चार्ज जगत सी, सेक्रेटरी कटक सी मजदुर संगठनका केन्द्रिय सचिव पूर्ण सी कराँतेका प्रशिक्षक रतन विक लगायतको उपस्थितिमा खेलकुद सामग्री खेलाडीहरुलाई वितरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।