८ पुष २०८१, सोमबार

नेकपाका महासचिव विप्लवद्वारा धादिङका बेपत्ता परिवारसंग भेटघाट

0

 

धादिङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले धादिङ जिल्लाका ५ जना बेपत्ता परिवारसङ्ग भेटघाट गरेका छन ।

मङ्गलबार जिल्लाको गजुरी गाउँपालिका वडा न २ मलेखुमा आयोजित एक कार्यक्रमका बिच महासचिव विप्लवले क्रान्तिका बेपता योद्धा परिवारसङ्ग भेटघाट गरेका हुन ।

नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा पश्चिम ताम्सालिङ्ग ब्यूरो इन्चार्ज आजाद सीले सञ्चालन गरेको भेटघाट कार्यक्रममा बेपत्ता योद्धाहरु अमृत कंडेलका बुबा टीका कंडेल, केदारनाथ रूपाखेतिका बुवा हरी रूपाखेति, लिला ब.पाण्डेका बुवा रङ्गनाथ पाण्डे, राम ब.आचार्यकी श्रीमती रूकु आचार्य र दिपक सुवेदीका बुबा जगन्नाथ सुवेदीसङ्ग महासचिव विप्लवसंगै केन्द्रीय सदस्यहरू आजाद, अडिग लगायतका नेता तथा कार्यकर्ताहरुले भेटघाट गरेका थिए ।

भेटघाटको क्रममा बेपता योद्धाका परिवारहरुले आफ्ना माग र मुद्धाहरुको सम्बोधन गर्ने काममा महासचिव विप्लव र नेपाल कम्युनिस्ट पार्टी लाग्नु पर्ने सुझाव दिएका दिएका थिए ।

उनीहरुले अब आफ्ना माग पुरा हुनेमा नेकपा वाहेक अरुसंग आसा नभएको पनि बताएका थिए । नेकपाका महासचिव विप्लवले भेटघाटमा बेपत्ता परिवारहरुलाई चिन्ता नगर्न आश्वस्त पार्दै आफुहरु जनयुद्ध पछि एकीकृत जनक्रान्ति तथा परिवर्तनको आन्दोलनमा लागिरहेको भन्दै सहिद र बेपत्ताहरुको अधुरा सपनाहरु पूरा गरि छाड्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।