६ जेष्ठ २०८१, आईतवार

नेकपाका महासचिव विप्लव र वामदेव गौतमबीच भेटवार्ता

0

 

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र पुराना कम्युनिष्ट नेता एवम् नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवको ललितपुरको हरिसिद्धिस्थित निवासमा बेलुका ६ बजे दुई नेताबीच भेटवार्ता भएको नेकपाका केन्द्रीय सदस्य अडिग सीले जानकारी दिएका छन् ।

भेटवार्ताको क्रममा समाजवादी मोर्चा र समाजवादी व्यवस्थाको कार्यदिशा,कम्युनिष्ट आन्दोलन र मुलूकको समसामयिक राजनीतिक परिस्थितिका बिषयमा छ्लफल भएको बताईएको छ ।

महासचिव विप्लवले देशको विद्यमान परिस्थिति, कम्युनिष्ट आन्दोलनका शिक्षा र विभिन्न प्रयोगका अनुभवहरुका सकारात्मक सिकाईलाई ग्रहण गर्दै कम्युनिष्ट, देशभक्तहरु र प्रगतिशील शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता भएको बताएका छन ।

पुराना कम्युनिष्ट नेता वामदेव गौतमले विप्लवको कुरामा सहमति जनाउदै समाजवादी मोर्चालाई अझै फराकिलो बनाउदै सफल पार्नुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।