२५ पुष २०८१, बिहीबार

सहिद कुशलका बुवा वीर बहादुर सीकाे श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न

0

कपिलवस्तु : नेकपा पश्चिम कपिलवस्तु जिल्लाले जनयुद्धका महान सहिद कुशलका बुवा वीर बहादुर सीकाे श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । शिवराज नगरपालिका वडा नम्बर ९ बिजगौरी निवासी जनयुद्धका महान सहिद कुशलका बुवा वीर बहादुर सीकाे स्मृतिमा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको हो ।


बुवा सङगवीर विक जेठा छोरा रोल्पा थवाङमा २०१० साल १२/२० मा आमा लुच्ची विकको कोखबाट जन्मिनु भएका वीर बहादुर २०५५ सालमा रोल्पाबाट कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ९ मा बसाई गर्दै आएका थिए । उनका कान्छा छोरा कुशल महान जनयुद्धका क्रममा सहिद भए । घरपरिवार र समाजलाई बुवा वीर बहादुरले अभिभावकको रुपमा भूमिका निर्वाह पनि गर्दै आएका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको नवौं महाधिवेशनले लिएको नीति जन्म, मृत्यु र विवाहलाई नयाँ संस्कारको रुपमा लिएको नीति अनुसार मृतक बुवाको नाममा दुईवटा आँपको बिरुवा, एक घरपरिवारले र एक बिरुवा पार्टीको नामबाट वृक्षारोपण गरिएको छ ।

 
यस्तैगरी बुवाको नाममा अक्षय कोष पनि खडा गरिएको छ । बुवाका जीवन संगिनी तिला सीको अध्यक्षतामा ५ जनाको कोष समिति बनाइएकाे छ ।
बुवाको मृत्युपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको टिम सोही घरमा उपस्थिति भएर बुबाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली दिनुका साथै शाेकाकुल परिवारमा सम्वेदना व्यक्त गरेका थिए ।
बुवा वीर बहादुर सीकाे आज पाचौँ दिनमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । सो कार्यक्रममा नेकपा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, सचिव पावेल सी, केन्द्रीय प्रतिनिधि सदस्य रुषा सी, बादल सी, केन्द्रीय सामना परिवारको लिडर चन्दन सी, ब्युरो सामना परिवारको टिम, जिल्ला पार्टीको सम्पूर्ण टिमसहित स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सञ्चालन बादल सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।