६ जेष्ठ २०८१, आईतवार

नेकपा दक्षिण कर्णाली ब्यूरोको बैठक आजबाट नेपालगञ्जमा सुरु

0

बाँके । नेपाल कम्युनष्टि पार्टी दक्षिण कर्णाली व्यूरोको छैटौं पूर्ण बैठक आजबाट नेपागञ्जमा सुरु भएको छ ।

पार्टीको आवधिक ६ महिने योजना अन्तरगत वितेको ३ महिनाको समिक्षा र बाँकी दिन महिनामा संगठन तथा उत्पादनको लागि लिएको लक्ष्य पुरा गर्ने विषयमा समिक्षा गर्न बैठक सुरु भएको हो ।

आजको बैठकमा डोल्पा,पुर्बी जाजरकोट,उत्तर बाँके,पुर्बी बर्दियाको रिपोर्टिङ पेश भएको छ । बैठकमा रिपोर्ट पेश गर्न वाँकी जिल्लाहरुले सुक्रवार बिहान साढे ७ बजेबाट पुनः शुरु हुने बैठकमा रिपोर्ट पेश गर्ने केन्द्रीय सदस्य हिमशिखरले जानकारी दिएका छन ।

बैठकमा व्युरो इन्चार्ज संगम सीले पेश गरेको संगठन र उत्पादनको एजेण्डा माथि छलफल हुने र आवश्यक निर्णय हुने नेकपा श्रोतले जनाएको छ ।
बैठकबाट विशेषगरी व्यापक सांगठनिक अभियान संचालन गर्ने,आन्तरिक पार्टी स्कुल संचालन गर्ने,पार्टी पुनर्गठन दिवस र माओ दिवस भव्य रुपले मनाउने लगायतका एजेण्डा माथि निर्णय हुने केन्द्रीय सदस्य हिमशिखरले जानकारी दिए ।

बैठकमा बाँके,बर्दिया,जाजरकोट र डोल्पा जिल्लाबाट प्रतिनिधित्व गर्ने व्युरो सदस्यहरुको सहभागिता रहेको छ ।

नेकपाका स्थायी समिति सदस्य सन्तोस सी,दक्षिणकर्णाली ब्युरो इन्चार्ज संगम सी,केन्द्रीय सदस्य हिमशिखर सी,रणदिप सी लगायतका नेताहरुको बैठकमा सहभागिता रहेको छ । रिपोर्ट सकिएपछि सुक्रवार नेकपाका स्थायी समिति सदस्य संतोसले वैठकलाई सम्वोधन गर्नेछन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।