३ आश्विन २०८१, बिहीबार

भूकम्पमा परी जाजरकोट र रुकुममा १३२ जनाको मृत्यु, १४० घाइते

0

काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गयराती भएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १३२ जनाको मृत्यु भएको छ । भूकम्पमा परी अहिले सम्म १४० जना घाईते भएका छन ।

आज बिहान १० बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको हो

। जाजरकोटमा भूकम्पका कारण ५५ जना घाइते भएका छन् भने रुकुम पश्चिममा अहिलेसम्म ८५ जना घाइते रहेको जनाइएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ भने अन्यको उद्धार कार्य जारी छ ।

केही घाईतेहरु नेपालगंजमा विभिन्न अस्पतालमा उपचारको लागि पठाईएको जनाईएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।