३ आश्विन २०८१, बिहीबार

भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता कार्यकर्तालाई महासचिव विप्लवको निर्देशन

0

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् ।

रूकुम ३० जना र जाजरकोटमा ४८ जना गरी ७८ जनाको मृत्यु भएको बुझिएको छ । भुकम्पमा पर्ने घाइतेहरुको राहत र उद्वारमा जुट्न नेकपाका महासचिव विप्लवले नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
हिजो राति गएको शक्तिशाली भुकम्पमा परी पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा ठुलो जनधनको क्षति समेत पुर्याएको छ । मुख्यतः जाजरकोट र रुकुममा भएको क्षति र उद्वारका लागि छलफल गर्न नेकपाले काठमाडौंमा उपलब्ध स्थायी, पिविएम र केन्द्रीय सदस्यहरुको आकस्मिक बैठक राखेको छ ।
बिहान ८ बजे पार्टी कार्यलय बुद्धनगरमा छलफल राखिएको नेकपाका स्थायी समिति सदस्य अनिल सीले बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।