३१ बैशाख २०८१, सोमबार

नेकपा काठमाडौं उपत्यका ब्युरोद्धारा भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन

0

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी काठमाडौं उपत्यका ब्युरोले भूकम्प प्रभावित क्षेत्रमा राहत बितरणका लागि सहयोग सङ्कलन अभियान सुरु गरेको छ ।

शनिबार ब्युरोको बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि मानवीय सहायता सामग्री पठाउने निर्णय गर्दै सहयोग संकलन अभियान सुरु गरेको हो ।

प्राकृतिक विपत्तिले ल्याएको मानवीय संकटमा राहत दिन उपत्यका ब्युरो पनि तयार भएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायतका सामग्रीहरु सङ्कलन गरी भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइने नेकपा उपत्यका ब्युरोले जनाएको छ ।

व्युरोले आजबाट उपत्यकाका विभिन्न व्यवसायीहरुका बिच राहत तथा सहयोग संकलन अभियान थालेको छ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पले ठुलो जनधनको क्षेति भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।