६ जेष्ठ २०८१, आईतवार

नेकपा पूर्वी दाङद्वारा राहत सामग्री हस्तान्तरण

0

रुकुमपश्चिम: नेपाल  कम्युनिस्ट पार्टी पूर्वी दाङले भूकम्प प्रभावितका लागि संकलन गरेको राहत सामग्री सानीभेरी गाउँपालिका-४ नं. वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्र  रुकुमपश्चिम पुगेको टोलीले आइतबार सानीभेरी गाउँपालिका -४ नं. वडालाई राहत सामग्री हस्तान्तरण गरेको हो ।

पार्टीले भूकम्प प्रभावित क्षेत्रका लागि संकलन गरिएको त्रिपाल, बल्याङ्केट, लत्ताकपडा, डसना, औंषधी लगायतका राहत सामग्रीहरु वडा कार्यालयलाई  हस्ताक्षरण गरेको पार्टी पूर्वी दाङले जनाएको छ ।

सानीभेरी गाउँपालिका – ४ का वडाध्यक्ष मनोज बुढाथोकीले भूकम्पबाट सबैभन्दा बढी आफ्नो वडा प्रभावित भएको बताए । उनले वडामा भूकम्पबाट ५ जनाको मानवीय क्षति भएको र १८ जना गम्भीर घाइतेहरुको उपचार भइरहेको जानकारी दिए । वडामा कुल ६ सय ५ घरधुरी रहेकोमा भूकम्पबाट २ सय ८० घरपूर्ण क्षति भएको र भूकम्पबाट प्रभावित क्षेत्रका लागि राहत सामग्री आउने क्रम जारी रहेको भन्दै अध्यक्ष बुढाथोकीले राहत सामग्री प्रदान गर्ने नेकपालाई धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

सोही क्रममा पार्टी पूर्वी दाङकी इञ्चार्ज सम्झाना सी, पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सी, अखिल नेपाल महिला संघकी पूर्वी दाङ जिल्लाकी सचिव मनिषा सी, अखिल (क्रान्तिकारी) रुकुमका इञ्चार्ज धनु सी लगायतले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडित परिवारहरुसँग भेटघाट गरेको बताइएको छ ।

भूकम्प पीडितका लागि संकलन गरेको राहत सामग्रीहरु लिएर शनिबार राति पार्टी पूर्वी दाङ रुकुमपश्चिम प्रस्थान गरेको थियो ।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भूकम्पबाट ठूलो जनधनको क्षति भएपछि पार्टीका महासचिव विप्लव सीले नेताकार्यकर्ताहरुलाई उद्घारमा खट्न र राहत सामग्री संकलन गर्न निर्देशन दिएका थिए ।

पार्टीले केन्द्रीय उत्पादनबाट २५ क्विन्टल चामल र नगद १ लाख रुपैयाँ राहत  कोषमा उपलब्ध गराउने निर्णय गरेको  नेकपाले जनाएको छ । महासचिव विप्लवको निर्देशन पश्चात् सिंगो पार्टीपंक्ति भूकम्प प्रभावित क्षेत्रका लागि उद्घार तथा राहत संकलन कार्यमा  अगाडि बढेको छ ।

भूकम्पले जाजरकोट र रुकुमपश्चिममा  ठूलो मानवीय क्षति पुर्‍याएको छ, भने घाइतेहरुलाई उद्घार गरी उपचार गर्ने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।