२४ बैशाख २०८१, सोमबार

डाक्टर प्रकाश सी नेतृत्वको चिकित्सक टोली जाजरकोटमा, सुरु गर्यो घाइतेको उपचार

0

काठमाडौँ: जाजरकोट र रुकुमका भूकम्प पीडित घाइतेहरुको उपचारका लागि नेकपा निकट डाक्टरहरुको टोली पहिलो चरणमा जाजरकोट पुगेको छ ।
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव डाक्टर प्रकाश सी नेतृत्वको टोली शुक्रबार राती गएको भूकम्प प्रभावित जिल्ला जाजरकोटको जिल्ला सदरमुकाम खलंगा पुगेको छ । टोलीको नेतृत्व संगठनका महासचिव डा.प्रकाश सीले गरेका छन् । टोलीमा डा.मान्यता सी, स्वास्थ्यकर्मी भीम थापा, आनन्दबाबु पाण्डे, पिताम्बर भुर्तेल र नक्षत्र सीसहितको टोली रहेको छ । टोलीले भूकम्पबाट घाइतेहरुको उपचार सुरु गरेको छ । जिल्ला प्रशासन र नेकपाका नेतृत्वमा टिम संग सहकार्य गर्दै घाइतेहरुको उपचारमा डाक्टर चन्द नेतृत्वको टोली लागिपरेको हो ।
जनस्वास्थ्यकर्मी महासंघका अध्यक्ष टीका कँडेल नेतृत्वको अर्को टोली समेत भुकम्प प्रभावित क्षेत्रमा जाने तयारी गरेको छ ।
नेकपाका महासचिव विप्लवको निर्देशनमा चिकित्सक टोली जाजरकोट पुगेको हो । पार्टीले १ लाख रुपैयाँ पैसा सहित २५ क्विन्टल आफैंले उत्पादन गरेको चामल सरकारको राहत कोषमा पठाउने निर्णय गरिसकेको छ भने आवश्यक राहत सहितका अत्यावश्यक सामाग्रीसहित पार्टी महासचिव विप्लव जाजरकोट र रुकुम जाने तयारी भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।