५ जेष्ठ २०८१, शनिबार

भूकम्प पीडितका लागि टिकापुरमा ९४ हजार बढीको राहत संकलन

0

कैलाली । युवा संकठन नेपाल र नेकपा कैलाली टिकापुर नगर कमिटीले भूकम्प पीडितका लागि ९४ हजार बढीको राहत संकलन गरेका छन ।

शनिवारबाट सुरु गरिएको राहत संकलनमा नगद र जिन्सी गरी ९४ हजार बरावरको राहत संकलन गरेका हुन । टिकापुरका उद्योगी व्यवसायीहरुले स्वस्र्फुत रुपमा राहत सहयोग गरेको नेकपाका केन्द्रीय सदस्य दिनेशले जानकारी गरेका छन ।

राहत संकलन अभियानमा नेकपा केन्द्रीय सदस्य दिनेश सी,अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी महासंघका केन्द्रीय सचिव पूर्ण सी, सेक्रेटरी कटक सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । सोमबार पनि राहत संकलन अभियान जारी रहने नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।