२३ बैशाख २०८१, आईतवार

नेकपा मेची ब्युरोद्वारा महासचिवमार्फत भुकम्प प्रभावितका लागि औषधी हस्तान्तरण

0

काठमाडौँ: भुकुम्पद्वारा ठूलो जनधनको क्षति भएपछि आहत अवस्थामा रहेको जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोले पाँच कार्टुन महत्वपूर्ण औषधी पार्टीका महासचिव विप्लवलाई हस्तान्तरण गरेको छ ।

आइतबार साँझ पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सी, पश्चिम झापाका इन्चार्ज सञ्जय र चिकित्सक डा. डिल्ली राज रिजालले महासचिव निवास हरिसिद्धी पुगेर उक्त औषधी हस्तान्तरण गरेको हो । भुकम्प प्रभावित क्षेत्रमा राहत लिएर जान लाग्नु भएका महासचिवलाई सामाग्री हस्तान्तरण गरिएको सुमनसिंहले जानकारी दिए ।

महत्वपूर्ण शल्यक्रियामा आवश्यक पर्ने औषधीहरु पठाइएको कुरा डा. डिल्लीराज रिजालले बताएका छन् । उता मेची ब्युरो अन्तर्गतका सबै जिल्लाहरुमा राहत सामाग्री संकलन संचालन गरिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।