५ जेष्ठ २०८१, शनिबार

भुकम्पबाट प्रभावितका लागि नेकपाले औषधी लगायतका राहत सामाग्री पठायो

0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भुकम्पबाट प्रभावितकाे उद्धार र राहतका लागि देशव्यापी जुटेको छ । भूकम्प प्रभावित नागरिकहरुलाई पार्टीको तर्फबाट सहयोग पुर्याउने उद्देश्यले नेकपा नेता कार्यकर्ताहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धारदेखि विभिन्न जिल्लाबाट संकलित राहत सामाग्री संकलन गरि वितरण गरिरहेकाे छ ।
यसैक्रममा आज नेकपाले भुकम्पबाट घाइते भएका नागरिकहरुकाे लागि अत्यावश्यक औषधी लगायतका विभिन्न ब्युरोबाट संकलित सामाग्रीहरु भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पठाएको छ ।
भुकम्प प्रभावित नागरिकहरुकाे उद्धार, राहत र उपचारका लागि महत्त्वपूर्ण औषधीहरु, कम्बल, लत्ताकपडा पठाइएको छ ।

ललितपुर हरिसिद्दीस्थित पार्टी निवासमा जम्मा भएका राहत सामाग्रीलाई महासचिव विप्लव सी लगायत कार्यालयका टिमले लाेड गरि पठाएको छ ।

यसअघि नै जनस्वास्थ्यकर्मी महासंघको नेतृत्वमा डक्टरहरुको टोली र जाजरकोट र रुकुममा पठाइसकेको छ ।

यसैबीच भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा नेकपाका नेताकार्यकर्ताहरु भुकम्प पीडित नागरिकहरुकाे उद्धार कार्य पनि जारी राखेका छन् । विभिन्न जिल्लाबाट स्वयंसेवक पनि खटाइसकेको छ ।
पार्टीले शनिबार पत्रकार सम्मेलनमार्फत महासचिव विप्लव सीले भुकम्प प्रभावितकाे उद्धारमा जुट्न नेता–कार्यकर्तालाई निर्देशन दिइसकेको छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।