२४ बैशाख २०८१, सोमबार

डा.प्रकाश सी नेतृत्वको टाेलिले भुकम्प प्रभावित क्षेत्रमा उद्धार र उपचारलाई तीव्रता दिदै

0

जाजरकोट: विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका डाक्टरकाे टाेलिले भुकम्प प्रभावित नागरिकहरुको उद्धार तथा उपचार अन्तर्गत निरन्तर स्वास्थ्य सहायता तथा परामर्श सेवा दिइरहेकाे छ ।

डा.प्रकाश सी नेतृत्वको डाक्टरहरूकाे टाेलिले भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुगि भेरी नगरपालिका र नलगाड नगरपालिकाका भुकम्पले घाइते र विस्थापितहरुलाई  प्राथमिकतामा उपचार गरेकाे छ ।

मंगलबार जाजरकोट नलगाड गाउँपालिका वडा नम्बर ५ का १९ घरपरिवारको घरघरमा पुगेर डा.प्रकाश सी र मान्यता सी लगायतकाे डाक्टरहरुकाे टाेलिले भुकुम्पमा परि घाइते भएका बिरामी लगायत अन्य बिरामीहरुकाे स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधी दिएको छ ।

भुकम्पबाट विस्थापितहरुलाई तत्कालिन अवस्थामा अन्य विपत्ति नआओस् भन्नका  लागि तत्काल आधारभूत स्वास्थ्य शिविर संचालन गरिएकाे र १५० जनालाई उपचार गरिसकेकाे र क्रमशः सबै ठाउँमा पुगेर सक्दाे उपचार र सहयाेग गर्ने डा. प्रकाश चन्दले बताए ।

बुधबार नलगाड गाउँपालिकाे वडा नम्बर १ र २ का नागरिकहरुकाे उपचार गरिने बताइएको छ ।

यसैबीच नेकपा जाजरकोटले भुकम्प पीडित बस्तिहरुमा स्वास्थ्य शिविर संचालनसँगै भत्किएका घरहरुलाई उद्धार गरिरहेकाे छ ।

पार्टीका जिल्ला सेक्रेटरी विराजन शाहीका अनुसार “हाल सम्म भुकम्पले क्षतविक्षत भइरहेका घरहरुलाई तत्काल पन्छाउने काम भइरहेकाे छ,भेरी नगरपालिकाका १० वटा घर र नलगाड नगरपालिकाका २० वटा घरहरुकाे सामानहरु सुरक्षित ठाउँमा राखिएको र उद्धार र राहतका कार्यमा पार्टी निरन्तर लागिरहेको सेक्रेटरी शाहीले बताए।


उद्धार कार्यमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण कर्णाली व्यूरो इन्चार्ज संगम सी, केन्द्रिय सदस्यहरु हिम शिखर सी योद्धा सी, कमल सी, जिल्ला सेक्रेटरी विराजन सी लगायत रहेका छन् ।
साथै यस विपत्तिकाे घडिमा सबैले आ-आफ्नो ठाउँबाट सहयाेग गर्नका लागि सेक्रेटरी शाहीले अपिल समेत गरेका छन् ।

गत कार्तिक १७ शुक्रबार राति ११:४७ मा जाजरकोटकाे बारेकाेट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलकाे भुकम्प गएपछि हालसम्म १५७ जनाएको मृत्यु भएकाे छ भने ४०० भन्दा बढि घाइते र हजारौं विस्तापित भएका छन् । जाजरकोट र रुकुमका पश्चिमका हजारौं घरहरु पूर्ण रूपमा क्षति भएका छन् भने कयौं घरहरु चर्किएका छन् । भुकम्प  प्रभावित क्षेत्रका कुनै घरहरु बस्नलायक छैनन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।