६ जेष्ठ २०८१, आईतवार

नेकपाको राहत तथा उद्वार कार्य प्रभावकारी बन्दै, औषधीसहितको राहत सामग्री पठाउने अन्तिम तयारी

0

काठमाडौं: गत कार्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पीडित भएका जाजरकोट र रुकुम पश्चिम जिल्लाका भूकम्प पीडितको राहत तथा उद्वारका लागि सञ्चालित नेकपाको अभियान प्रभावकारी बन्दै गइरहेको छ ।

पार्टी कार्यालय बुद्धनगरमा भुकम्पको दोस्रो दिन आयोजित पत्रकार सम्मेलनपछि परिचालित पार्टीका सबै कमिटी तथा जवस मोर्चाहरु सक्रियतापूर्वक अभियानमा लाग्दै गएका छन् । 

अभियानमा काठमाडौँ उपत्यका, कर्णाली, राप्ती, लुम्बिनी लगायतका क्षेत्रमा संकलित सामाग्री २२ गते केन्द्रीत हुँदैछ । आज अबेरसम्म संकलित राहत सामग्री जाजरकोट र रुकुम पठाउने अन्तिम तयारी भइरहेको छ ।

राहत सामग्रीसहित पार्टी महासचिव विप्लव सी, पार्टी प्रवक्ता प्रकाण्ड सी लगायतको केन्द्रीय नेतृत्व भूकम्प प्रभावित क्षेत्रमा जाने अन्तिम तयारीमा रहेको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी पूर्वी ताम्सालिङ्गले भूकम्प पीडितहरुको लागि राहत संकलन गरि नेकपा महासचिव विप्लव सीलाई आज राहत सामाग्री हस्तान्तरण गरेको छ ।
ब्यूरो इन्चार्ज विकल्प सीको नेतृत्वमा संकलन गरिएको राहत सामाग्री पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा ब्युरो सदस्यहरु इन्द्र सी, युगीन सी, रमेश लगायतकाे टोलिले महासचिव विप्लवलाई हस्तान्तरण गरेको हो ।

संकलित राहत सामाग्रीहरुमा पैतालिस थान कम्बल, दुई बोरा लुगा र घाइतेहरुको उपचारको लागि एकतीस कार्टुन औषधी रहेका छन् ।

उक्त राहत सामाग्री भूकम्प पीडितहरुको लागि भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम महासचिव विप्लवमार्फत लैजाने तयारी भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।