७ जेष्ठ २०८१, सोमबार

अखिल (क्रान्तिकारी) मकवानपुरले ८ बुँदे मागसहितको ज्ञापन पत्र बुझायो

0

मकवानपुर: विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुरले ८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सुर्य बहादुर गोले (सुर्य सी) को नेतृत्वमा क्रान्तिकारीले जिल्ला प्रशासन कार्यलय र हेटौंडा उपमहानगरपालिकालाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

आउँदै गरेको शुभ दिपावली र छठपर्वको समयमा मिठाइजन्य वस्तुमा हुन सक्ने अखाद्य पदार्थको मिश्रण, यातायातमा हुने चर्को भाडा असुली, सवारी साधन र जनचापको कारणले सहरी क्षेत्रमा हुन सक्ने असहजता तथा दुर्घटना रोकथामका लागि उचित व्यवस्थापन गर्न माग गर्दै क्रान्तिकारीले ८ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका जिल्ला अध्यक्ष सुर्य सीको नेतृत्वमा गएको आशिष सी, विपना सी, लखन सी सहितको टोलिले जिल्ला प्रशासन कार्यलय मकवानपुरका सहायक जिल्ला प्रमुख अधिकारी धरेन्द्र प्रसाद चापागाईं र हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामामार्फत उक्त ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रको पूर्ण पाठ…


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।