कपिलवस्तु: नेपाल जनसाँस्कृतिक महासंघको निर्णय अनुसार मंगलबार पश्चिम लुम्बिनी ब्युरो सामना परिवारले जनवादी देउसी भैलो कार्यक्रम सुरू गरेकाे छ ।
पश्चिम कपिलवस्तु जिल्ला विजय गाउँपालिकाबाट सुरु गरिएको देउसी भैलो कार्यक्रममा पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज संजिव सी, पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी, केन्द्रीय जनप्रतिनिधि सदस्य रुसा सी, जिल्ला सचिव पावेल सी लगाएत जिल्ला कमिटी सदस्यहरु उपस्थिति रहेकाे छ ।
पश्चिम लुम्बिनी ब्यूरो इन्चार्ज संजिव सीको जानकारी अनुसार पश्चिम कपिलवस्तु जिल्लाबाट सुरू गरेको देउसी भैलो कार्यक्रम पुर्वी कपिलवस्तु जिल्लामा समापन गरिनेछ ।
मंगलबार मात्र देउसीभैलाेबाट ४० हजार उठेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्