२ जेष्ठ २०८१, बुधबार

महासचिव विप्लव सीद्वारा सुकर्म बालकोषको सुरुवात, नयाँ संस्कृति गतिशील हुनेमा जोड

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सी संस्कृतिअनुसार बालकोषको सुरुवात गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय कपिलवस्तु शिवगढी ९ मा आयोजित कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ता रोसन सी र कमला सीका छोरा सुकर्म सी १ महिनाको जन्मोत्सवको अवसरमा कोष स्थापना गरिएको हो ।
महिना दिन पुगेको अवसरमा महासचिव विप्लव सीले बालकोष समारोहको शुरुवात गर्नु भएको हो । कोषको उद्घाटन गर्दै महासचिव विप्लवले सी संस्कृति अनुसार यस्ता खालको कोष स्थापनाले समाजलाई गतिशिल र रचनात्मक बनाउने धारणा राख्नु भएको छ । कार्यक्रममा बोल्दै महासचिव विप्लवले कोषको स्थापनाले बालबालिकाको भैपरी आउने समस्यामा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै यस्तो खालको संस्कृतिले मानवीय जीवन गतिशील बन्ने बताउनुभयो । महासचिव विप्लवले यस्ता खालको कोष र संस्कृतिले मानव समाज नमुना बन्दै जाने समेत बताउनुभएको छ ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य सुशील सी, डा. प्रकाश सी लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमको अध्यक्षता नेकपाका पिविएम तथा केन्द्रीय कार्यालय सचिव विजय सीले गर्नुभएको थियोे भने संचालक विमर्श सीले गर्नुभएको थियोे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।