१७ बैशाख २०८१, सोमबार

इजरायल–प्यालेस्टाइन युद्धको भित्री मर्म

0

रोमन सभ्यतादेखि अरबीमुलका प्यालेष्टिनीहरु इजरेल (इजरायल) मा बस्दै आएका थिए । तर बाइबलमा सो भूभाग यहुदीहरुको भएको कुरा उल्लेख छ । धार्मिक मुल्यमा कुनै दुष्टले लेखिदिएको भरमा यहुदीहरुले सो भूभाग माथि दाबी गर्ने गर्थे । सन् १९४८ मा अमेरिका विश्व शक्तिमा आएपछि ब्रिटेनको व्यवस्थापनमा पश्चिमाहरुले प्यालेष्टिनी भू–भाग कब्जा गरेर इजरेल देश निमार्ण गरे । संसारभरीका यहुदीहरु त्यहाँ जम्मा हुन थाले । सन १९४७ मा जेरुसलेमलाई अन्तर्राष्ट्रिय शहर घोषणा गरिएको थियो । जसमाथि इस्लाम,इसाई र यहुदी तीनै समुदायहरुले पवित्र स्थल मान्छन । प्यालेष्टिनीहरुले जेरुसलेमको गरिएको पश्चिममाहरुको निर्णयलाई स्वीकार गरेनन् । प्यालेष्टिनी भू–भाग अतिक्रमण गरेर इजरेलले ६ लाख जनसंख्या विस्तार गरेको छ र जेरुसलेम माथि कब्जा गरेको छ ।
प्यालेष्टिनीहरु माथिको ज्यादती विरुद्ध सन् १९७३ मा भयानक प्रतिरोध भएको थियो । जसलाई उसै बेला आश्चार्यजनक भनिएको थियो । सन् १९८०,१९८२ र २००० मा एकपछि अर्को प्रतिरोध सुरु भयो । अमेरिकाको एकछत्र राज,इजरेलको प्रगति हेरेर कतिपय अरब नेताहरु इजरेलप्रति नरम भएका थिए । शनिबारको हमासको प्रतिरोधलाई अरब नेताहरुलाई चोटिलो जबाफ बन्न गएको छ ।
सीमानामा इजरेलको अन्तर्राष्ट्रिय गुप्तचर विभाग मोसाद, आन्तरिक गुप्तचर विभाग सीनबेट,ड्रोन र सिसी क्यामरा जडित निगरानी, सेन्सर जडित काँडेतारबार,शक्तिशाली फौज र सेनाको रमन सबै फिका साबित भए । २० मिनेटमा पाँचहजार भन्दा बढी रकेट आक्रमण भएको भन्ने हमासको दाबीले साम्राज्यबादको श्रेष्ठता माथि वैचारिक,राजनीतिक र मनोवैज्ञानिक असफलता भन्नुपर्ने हुन्छ ।
७ अक्टोबर २०२३ मा विहान ८ बजे हमासले गरेको ‘अल –अक्सा फ्लड अपे्रसन’ ले प्रविधि, धन हतियार, फौज सबै मान्छे, र सत्य तथा न्याय भन्दा बलिया हुदैनन् भन्ने तथ्यलाई सावित गरेको छ । किनकी अमेरिका र सम्पूर्ण पश्चिमी शक्तिहरुले आफ्नो शक्ति प्रयोग गर्ने समय नै पाएन । घटनापछि इजरेलको पक्षमा जर्मनी,फ्रान्स र अमेरिका उभिएका छन । प्यालेष्टिनीको पक्षमा इरान,कतार र साउदी अरब प्रारम्भमानै उभिए । सन् १९७३ पछिको सबै भन्दा ठूलो आक्रमण पश्चात आक्रमण र प्रत्याक्रमण जारी छ । इजिप्टमा २ जना इजरेली पर्यटक मारिएका छन । अतिक्रमण गरेर बस्ति बसालेको इजरेल अधिनस्थ भू–भागबाट बिस्थापित हुने लहर छ । संसारभरका इजरेलीहरु असुरक्षित भएका छन र देश फर्किन थालेका छन । अमेरिकाको न्यूर्योकमा इजरेली र प्यालेष्टिनी समर्थकको तनावपूर्ण प्रदर्शन भएको छ । क्यानडामा स्वतन्त्र फिलितिनको नारा लागेको छ । प्यालेष्टिनीको पक्षमा क्यानडामा विजयउत्सव मनाईएको छ । बर्लिनमा इजरेलको पक्ष र हमास विरुद्ध प्रदर्शन भएको छ । फ्रान्सले आईफिल टावरमा बत्ति निभाएको छ । इरानले उत्सव मनाएको छ । यसरी विश्व भयानाक ध्रुवीकरणतिर गएको छ र आक्रमण प्रत्याक्रमण जारी नै छ । घटना कसरी किनारा लाग्छ भन्न सकिने स्थिति छैन । आणवीक अस्त्रको त्रासदी पनि फैलिएको छ । इरान समर्थक लेबनानी हिजबुल्लाह हमासले आफूलाई इरानले सहयोग गरेको दाबी गरेको छ । इरान आणवीक शक्ति सम्पन्न देश हो ।
अमेरिकी विश्व बर्चश्वमाथि यो प्रहार त हुँदै हो । उता इजरेलका सञ्चार माध्यमले यस्तो आक्रमण किन रोक्न सकिएन ? प्रश्न गरेका छन् । सरकार उच्च स्तरिय छानविन गठनमा नै सीमित छ । पछिल्लो घटनाक्रमले इजरायली सेनाले उत्तरी गाजामा रहेका प्यालेस्टाइनी नागरिकलाई २४ घन्टा भित्र ठाउँ खाली गरेर दक्षिणी क्षेत्रमा जान निर्देशन दिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार हमास लडाकुविरुद्ध कारबाही जारी राखेको इजरायली सेनाले उत्तरी गाजाका बासिन्दालाई त्यहाँ नबस्न भनेको हो ।
सेनाको यो निर्देशनपछि उत्तरी गाजाका बासिन्दा घर छाडेर दक्षिणी क्षेत्रतिर लागेका छन् ।
महिला तथा केटाकेटीहरू आफूले बोक्न सक्ने जति सामान लिएर गाजाको सडकमा निस्किएको तस्वीर तथा भिडियोहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएका छन् ।
सेनाले दिएको आदेश अनुसार उत्तरी गाजाका ११ लाख नागरिकले आफ्नो घर छाड्नुपर्नेछ । जुन गाजापट्टीको आधा जनसंख्या हो ।
 हमासले इजरायलमाथि आक्रमण गरेपछि त्यहाँ अहिले युद्ध जारी छ । हमासको आक्रमणबाट १ हजार ३०० नागरिक मारिएका छन् । जसमा इजरायली र केही विदेशी नागरिक छन् । मारिनेमा १५० जना हमासले बन्धक बनाएकाहरु पनि रहेको  बुझिएको छ । आक्रमणमा १० नेपालीले समेत ज्यान गुमाएका छन् भने केही बेपत्ता छन् ।
उक्त घटनालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटीनले अमेरिकी षड्यन्त्र भएको दाबी गरेका छन् ।

स्राेत: जनपत्रिका छैटौं अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।