४ आश्विन २०८१, शुक्रबार

महासचिव विप्लवलाई रोल्पाको सुलिचौरमा भव्य स्वागत, क्रान्तिकारीहरुमा नयाँ उत्साह-विप्लव

0

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीलाई रोल्पाको सुलिचौरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न रोल्पा जाने क्रममा सुलिचौर पुगेका विप्लवलाई पार्टी र स्थानीयले भव्य स्वागत गरेका हुन ।
जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङ जाने क्रममा सुलिचौर पुगेका विप्लवले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमसीसी विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दोहोर्‍याएका छन् । मुलुक राजनीति,आर्थिक,सामाजिक लगायत सबै क्षेत्रबाट अफ्ट्यारोमा परेको भन्दै नयाँ ढंगबाट समाधान खोज्नु पर्ने बताएका छन् । महासचिव विप्लवले वैदेशिक हस्तक्षेप बढेको बताउदै लोकप्रियताका नाममा भ्लोदिमिर जेलेन्स्की जन्माउने कोशिस गरिरहेको बताउदै त्यो प्रति सचेत हुन जरुरी रहेको बताए ।

माओवादी एकता तर्फ संकेत गर्दै महासचिव विप्लवले मन्त्री र सांसदका लागि मात्रै माओवादी एकता नभई देश एवम् जनतालाई केन्द्रमा राखेर नयाँ ढंगले एकता हुने संकेत समेत गरे ।
मङ्सिर ८ गते रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव,स्थायी समिति सदस्य विषम सी, अनिल सी लगायतका नेताहरू थवाङ जादैछन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।