२५ पुष २०८१, बिहीबार

नेकपा कालिकोटले पहिलो पटक माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्दै

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले जनयुद्धको आधारभूमी माल्कोटलाई नेपालकै पहिलो हुने गरी  ‘सी गाउँ’ घोषणा गर्दैछ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी पूनर्गठनको दिन पारेर माल्कोटलाई ‘सी गाउँ’ घोषणा गर्न लागेका हुन ।
माल्कोटको सेरापाटा विद्यालयमा औपचारिक कार्यक्रम मार्फत प्रवक्ता प्रकाण्डले ‘सी गाउँ’ घोषणा गर्नेछन । 

१० औं पार्टी पूनर्गठनका दिवस र जनमुक्ति सेना दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा ‘सी गाउँ’ घोषणा गर्ने तयारी भएको नेकपा कालिकोटले जनाएको छ । तर मंसिर ८ गते को दिन घोषणा गर्ने भनिएपनि तयारी नपुगेकाले दुईदिन पछि घोषणा गरिने बताईएको छ ।

सी भनेको अंग्रेजीमा कम्युनिष्ट (communist) र कम्युनिष्टको नेपाली अर्थ साम्यवादी भएकाले माल्कोट गाउँलाई ‘कम्युनिष्ट साम्यवादी गाउँ’ घोषणा गर्न लागिएको हो ।

माल्कोटमा जनयुद्धको क्रममा ३३ जना र एकीकृत जनक्रान्तिको क्रममा १ जना गरी ३४ जनाको बलिदान भएको गाँउ हो ।
यही गाउँमा नेकपाका प्रवक्ता प्रकाण्डको पनि जन्म भएको थियो ।

जनयुद्धको क्रममा जनदमनका गएको प्रतिक्रियावादी सत्ताको प्रहरीलाई २०५४ साल चैत्र २६ गते स्थानीय क्रान्तिकारी महिलाहरुले लख्ेट्दै हतियार खोसेर पार्टीलाई समेत बुझाएको गाउँ हो ।

यो गाउँ कम्युनिष्ट तथा विशेषगरी माओवादी विचारधारामा संगठित गाउँ भएकाले नेकपाले माल्कोटलाई पहिलो पटक साम्यवादी अथवा ‘सी गाउँ’ घोषणाको तयारी गरेको नेकपा कालिकोटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।