४ आश्विन २०८१, शुक्रबार

थवाङमा ठाउँ-ठाउँबाट र्याली सुरु, केही समयमा जनसभा उद्घाटनको तयारी

0

नेपाल कम्युनिष्ट पार्टीका शुक्रबार रोल्पाको थवाङमा आयोजित पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभा पुर्व थबाङका विभिन्न ठाउँबाट झाकी सहितको र्याली निकालिएको छ ।
जनमुक्ति सेना स्थापना तथा नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन दिवसको अवसरमा जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङमा नेकपाले बिशाल जनसभा तथा पुनर्गठन दिवस समारोहको आयोजना गरिएको हो ।


पार्टी पूर्नगठन दिवसको अवसरमा जनयुद्धको केन्द्र थवाङ झकिझकाउ बनाईएको छ । ठाउँ ठाउँमा स्वागतद्वारा बनाईएको छ । थवाङका जनताले नेकपा महासचिव विप्लवलाई फुलमालाले स्वागत गरेका थिए ।शुक्रबार रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्न महासचिव विप्लव,स्थायी समिति सदस्य विषम सी,अनिल सी,पिविएम आर्दश सी,असल सी,विजय सी लगायतका नेताहरू थवाङमा छन् ।
दिउँसो २ बजे थवाङ ठुलो गाउँमा पार्टीको वृहत् जनसभा आयोजना हुदैछ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।