२१ बैशाख २०८१, शुक्रबार

महासचिव विप्लवद्वारा थबाङमा सहिद स्मारक स्तम्भको उद्घाटन

0

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले शुक्रबार रोल्पाको थवाङमा नवनिर्मित सहिद स्मारक स्मारिका स्तम्भको उद्घाटन गरेका छन् ।
१० वर्षे जनयुद्धका क्रममा थबाङ गाउँपालिकाबाट ज्यान गुमाएका सहिदहरुको स्मृतिमा निर्मित स्मारक स्तम्भको महासचिव विप्लवले ब्यानर खोलेर उद्घाटन गरेका हुन् ।

१० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभा तथा खुसियाली उत्सव मनाउन थबाङ पुगेका विप्लवले थबाङको सहिद चोकमा निर्मित स्तम्भको उद्घाटन गरेका हुन ।
थबाङबाट जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको नाम,ठेगाना र साहादत गरेको स्थान उल्लेख गरिएको स्तम्भ रोल्पा पार्टी कमिटी लगायत विभिन्न निकायको सहयोगमा निर्माण गरिएको थबाङमा युवा नेता अमित सीले बताए ।
जनमुक्ति सेना स्थापना तथा नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन दिवसको अवसरमा जनयुद्धको केन्द्रको रुपमा स्थापित रोल्पाको थवाङमा नेकपाले जनयुद्धकालिन सहिदहरुलाई सम्मान र स्मरण गर्ने उदेश्यले स्तम्भ बनाएको युवा नेता अजयले जनपत्रिकालाई बताए ।


स्तम्भ उद्घाटन पछि विप्लवले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।