२१ बैशाख २०८१, शुक्रबार

देशभक्त र प्रगतिशील शक्तिहरुको एकता अपरिहार्य छ : अनिल सी

0

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचार तथा प्रकाशन विभागका ईन्चार्ज अनिल सीले देशभक्त तथा प्रगतिशील शक्तिहरुको एकता आवश्यक रहेको जिकिर गरेका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै अनिलले संसदीय दलहरू भित्र अमेरिकी दलालहरु हावी भएको बताएका छन् । प्रचण्ड,केपी वली र शेरबहादुर देउवाहरु दलालको प्रतिनिधित्व गरेको भन्दै क्रान्तिकारी आन्दोलनको अगुवाइ गर्ने विप्लव मार्फत जनताका तमाम समस्या हल गर्न सक्ने बताए ।


बिरहीले कतिपय संसदवादी नेताहरू भ्रष्टाचारमा मुछिएको भन्दै उनीहरूले परिवारका सदस्य मार्फत अवैध धन आर्जन गरेको बताए ।
नेता बिरहीले दलाल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेको भन्दै समाजवादी केन्द्र बलियो बनाउन जरुरी रहेको बताए ।
समाजवादी मोर्चा तर्फ संकेत गर्दै नेता बिरहीले सत्ता र सरकारका लागि मोर्चा नभएको बताउदै प्रगतिशील र जनपक्षीय मुद्दामा मोर्चा बनेको दाबी गरेका छन् । कतिपयले मोर्चालाई एकताको रुपमा व्याख्या गरेको भन्दै त्यो एकता जनयुद्धको मर्म अनुसार हुने ठोकुवा समेत गरे ।
कतिपय सरकारवादी नेताहरूले रोल्पाका जनताको विश्वास माथि कुठाराघात गर्दै व्यक्तिगत सुख-सुविधामा लागेको बताउदै यसको हल एकीकृत जनक्रान्तीले गर्ने समेत बताएका छन्
अनिल सी पछि जनसभामा महासचिव विप्लव र स्थायी समिति सदस्य विषम सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।