२१ बैशाख २०८१, शुक्रबार

प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध सुरु हुन्छ : विप्लव

0

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्रसहितका कतिपय षड्यन्त्रकारी शक्तिहरुले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन् ।
महासचिव विप्लवले चुनबाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए ।

विप्लवले भने चुनबाङ बैठकपछि काठमाडौँ उत्रेका हौं । तर परिस्थिति उल्टो बन्यो । कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेका उद्घोष गरे ।
विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उदेश्यसहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको विप्लवको तर्क थियोे ।


ईमानदार माओवादीहरुले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे । कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरेका छन् ।
विप्लवले भने- हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
पछिल्लो समय देशमा केही लुटेराहरु सल्बलाएका छन् । यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिबाद गरिन्छ विप्लवले भने । थबाङबाट विप्लवले चेतावनी दिदै भने जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदैछ् छ , षड्यन्त्रका सपना नदेखे हुन्छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।