२१ बैशाख २०८१, शुक्रबार

दुर्गा प्रसाईको आन्दोलन पुँजीवादको असफलता हो : माइला सी

0

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुरमुराएको बताएका छन् । पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपा काठमाडौं जिल्ला नम्बर १ र २ ले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माइला सीले पुँजीवादको असफलताका कारण दुर्गा प्रसाईहरु जुर्मुराएको बताएका हुन् ।

शुक्रबार काठमाडौंको थहिठीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्रमा जनताका अपेक्षा पुरा हुन नसकेपछि जनतामा निरासा पैदा भएको बताए । ‘हामीले नेपालमा समाजवाद ल्याउने भनेर लडेको हो तर समाजवादको ठाउँमा दलाल पुँजीवाद आयो ।’, उनले भने, ‘दलाल पुँजीवाद वा प्ुँजीवादका कारण नेपालमा प्रतिगामीहरुको उदय भयो । त्यसको परिणाम दुर्गा प्रसाई हुन् ।’

उनले गणतन्त्रका मालिकहरु ठगहरूसँग मिलेर राज्य संचालन गर्न थालेपछि नेपालका व्याकारीलाई समस्या भएको जिकिर गरे । ‘नेपालको बजारको हिस्सा काठमाडौंका नेवारहरुको कब्जामा थियो । गणतन्त्रपछि त्यो माडेहरुको कब्जामा गयो ।’, उनले भने, ‘माडेहरुले नेपालमा दलाली गर्न थाले । त्यसको प्रभावमा राज्य संचालकहरु परे । नेपाली व्यपारीहरुको व्यापार डुब्न थाल्यो । नेपालीहरु विदेशीन बाध्य भए, नेपालको ब्यापर उनीहरुको कब्जामा गयो । त्यही कारण गणतन्त्र संकटमा आयो ।’

उनले दुर्गा प्रसाईका केही मागहरु जायज भएको बताउँदै नेपालमा राजा फर्किने कुरा सम्भव नभएको जिकिर गरे । गणतन्त्रलाई दलाल पुँजीपतिले कब्जा गरेको भन्दै उनले त्यसका कारण नेपालका नेवार समुदायको व्यापार चौपट भएको बताए । २५० वर्षसम्म राज गरेको राजतन्त्रको पक्षमा धेरै जनता हुनु स्वभाविक भएको भन्दै नेपालमा राजा फर्किने कुरा दिवा सपना भएको उनको ठोकुवा थियो ।
राजा फर्किने कुरा समस्याको समाधान नभएको बताउँदै उनले भने, ‘नेपाल संकटमा छ, यसको समाधान पनि छ ।’, उनले भने यसको समाधान भनेको वैज्ञानिक समाजवाद हो । यो सँकटको समाधान नेपाली विशेषताको समाजवाद हो । तर राजतन्त्र होइन, सामान्तवाद होइन् ।’

नेकपा समाजवादका लागि लडिरहेको भन्दै समाजवाद नआउँदा सम्म आफ्नो संघर्ष जारी रहने बताए । ‘हामी समाजवाद ल्याएरै छोड्छौं । तपाई हामीलाई सहयोग गर्नुहोस् । हाम्रो कमजोरी पछि भनिदिनुहोस् । हामी सुधार्दै जान्छौं ।’, उनले भने, ‘तर तपाईंहरु हामीलाई सहयोग गर्नुहोस् ।’

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले नेपालमा कुनैपनि हालतमा राजा नफर्किने ठोकुवा गरिन् । ‘नेपालमा पछाडि फर्किएर राजा ल्याउन जनता तयार छैनन् ।’, उनले भनिन्, ‘जनता अगाडि बढ्न चाहान्छन् । अब आउने भनेको नेपाली विषेशताको समाजवाद हो ।’

उनले नेपालका व्यापारीलाई कमजोर पारेर स्वाबासीहरूलाई सुकुम्बासी बनाएको भन्दै त्यसका विरुद्धमा संघर्ष गरिरहेको बताइन् । कार्यक्रमको अध्यक्षता काठमाडौं जिल्ला नम्बर १ सेक्रेटरी दिपक सीले गरेका थिए भने जिल्ला नम्बर २ का सेक्रेटरी ज्योति सीले संचालन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।