१७ बैशाख २०८१, सोमबार

नेकपा पूनर्गठन दिवसको अबसरमा सिन्धुलीमा फुटबल प्रतियोगीता सम्पन्न

0

सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पार्टी पुनर्गठन दिवसको १० औ बार्षिकोत्सवको अवसरमा सुक्रवार फुटबल प्रतियोगीता सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी पश्चिम सिन्धुलीले जिल्लाको मरिन गाउँपालिका वडा न ५को बढिमुहानमा प्रतियोगीताको आयोजना गरेको थियो ।
फुटबल प्रतियोगीतामा स्थानीय ८ ओटा खेलाडी टिमहरुको सहभागिता भएको थियो ।

प्रतियोगीतामा सहभागी टिमहरु मध्य संकल्प पञ्चकन्या युवा क्लब प्रथम, जनशक्ति स्पोर्ट्स क्लब द्धितिय र पञ्चकन्या युवा क्लब तृतिय भएका छन ।
खेलमा प्रथम बिजेता संकल्प पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु १० हजार,द्वितिय बिजेता जनशक्ति स्पोर्ट्स क्लबलाई प्रमाणपत्र सहित रु ५ हजार र तृतीय बिजेता पञ्चकन्या युवा क्लबलाई प्रमाणपत्र सहित रु २ हजार ५ सय पुरस्कार प्रदान गरिएको नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम सिन्धुली इन्चार्ज शशी सीले जानकारी दिएका छन ।

करिब १० बर्ष अघि मोहन बैद्य (किरण) संग बस्तुगत परिस्थितिको विश्लेषण र नेपाली क्रान्तिको समग्र कार्यदिशाबारे फरक बिचार सहित महासचिव विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी पूनर्गठन भएको थियो ।

किरण नेतृत्वको नेकपा ड्यास माओवादी पार्टीले जनयुद्धको जगमा जनबिद्रोहको लाईन भनिरहेको बेला एकीकृत क्रान्तिको कार्यदिशाबाट अगाडि बढ्ने निष्कर्ष सहित विप्लवले नेकपा पूनर्गठन गरेका थिए ।

पार्टी पूनर्गठनको अवसरमा आयोजित फुटबल प्रतियोगिता कार्यक्रममा उत्कृष्ट खेलाडी विशाल तामाङ ,उत्कृष्ट किप्पर रामेश्वर माझी,उत्कृष्ट डिफेन्डर समिर तामाङ र सर्वाधिक गोलकर्ता सुजन माझीलाई समेत प्रमाणपत्र र १ हजार ५ रुपैया पुरस्कार बितरण गरिएको बताईएको छ ।

खेलकुद प्रतियोगीता समापन भएपछि आज बेलुका पार्टी पूनर्गठन दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको छ ।


नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पश्चिम जनकपुर ब्युराका जुझारु सी ले बिजेता टोलीलाई प्रमाणपत्र सहित पुरस्कार बितरण गरेका छन ।

समापन कार्यक्रममा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य शशी सी, पश्चिम जिल्ला सेक्रेटरी जनक सी अतिथिको रुपमा सहभागी भएका थिए । मरिन गाउँपालिका इन्चार्ज राजनको अध्यक्षतामा भएको पुरस्कार बितरण तथा समापन कार्यक्रमको जिल्ला समिति सदस्य रामु सीले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।