२४ बैशाख २०८१, सोमबार

नेकपा ललितपुरद्धारा पार्टी पूनर्गठन दिवसका अवसरमा बषपार्क सरसफाई

0

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी ललितपुरले पार्टी पूनर्गठन दिवसका अवसरमा आज लगनखेलको बषपार्क सरसफाई गरेको छ ।

स्थानीय सामाजिक संघ संस्थाका प्रतिनिधि तथा नेकपा जिल्ला तहका नेता एवम कार्यकर्ताको सहभागितामा बषपार्कको सरसफाई गरिएको हो ।  नेकपाले जिल्लामा १० औं पार्टी पूनर्गठन दिवसका अवसरमा अन्य रचनात्मक तथा सेवामुलक कार्यहरु पनि गरेको छ ।

नेकपाले धापाखेल स्थित मानवसेवा आश्रमका वृद्धवृद्धाहरुको लागि राहत स्वरुप खाद्यन्यन तथा तरकारी सहयोग गरेको छ ।
नेकपाले साँझतिर लगनखेल चोकमा पार्टी पूनर्गठन दिवसका अवसरमा दिप प्रज्वलन समेत गरी शुभकामना आदान प्रदान गरेको छ ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज विपिन सी,जिल्ला सचिव विकास सी, २ नम्बर जिल्ला समितिका इन्चार्ज ललित सी, सचिव अनुप सी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।