२१ बैशाख २०८१, शुक्रबार

थबाङ क्रान्तिको लालकिल्ला हो, कहिल्यै झुक्दैन : विषम सी

0

थबाङ: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य बिषमले जनयुद्धको आधार भुमि थबाङ क्रान्तिको लालकिल्ला भएको बताएका छन् । शुक्रबार रोल्पाको थवाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै बिषमले रोल्पा र थबाङ क्रान्ति र बिद्रोहमा अग्रपंक्तिमा रहेको उल्लेख गरेका हुन । नेता बिषमले रोल्पा र रोल्पाली जनता सधै परिवर्तनको पक्षमा रहेको बताउदै कहिल्यै नझुक्ने दाबी समेत गरेका छन् ।


पुराना कम्युनिस्ट सहकर्मीहरुलाई सम्झिदै नेता बिषमले आफू निरन्तर क्रान्तिमा रहेको बताए ।
जनयुद्धको मुल्य र मान्यता विपरीत यताउता नगरी निरन्तर आन्दोलनमा लागेको छु । तपाईहरु संग भए गरेका वाचा र प्रतिबद्धता भुल्ने काम मबाट हुदैन, ढुक्क हुनुस् नेता बिषमले भने ।
विषम थबाङका पुराना र पार्टी कमिटीमा माथिल्लो तहको नेता समेत हुन् ।
०६४ मा रोल्पाबाट उपनिर्वाचनमा विजयी विषमको वास्तविक नाम सन्तोष बुढामगर हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।